शैक्षिक माफिया माथि तीन बिद्यार्थी संगठनले छानबिन गर्ने

0
19

प्रमुख तीन विद्यार्थी संगठनले चर्को शुल्क असुल गर्ने र कर नतिर्ने विद्यालय तथा मेडिकल कलेजको अनुगमन गर्न २१ सदस्यीय संयुक्त टोली गठन गरेका छन् । नेविसंघका अध्यक्ष नैनसिंह महर, अनेरास्ववियुकी अध्यक्ष नविना लामा र अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङको नेतृत्वमा प्रत्येक संगठनबाट ७/७ जना रहने गरी २१ सदस्यीय टोली गठन गरेको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

उनीहरुले मापदण्ड र निर्देशन विपरीत बढी शुल्क असुली गर्ने युनिभर्सल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, चितवन मेडिकल कलेज, नेशनल मेडिकल कलेज र किस्ट मेडिकल कलेजमा अनुगमन गर्ने जनाएका छन् । बुधबार तीन विद्यार्थी संगठनका अध्यक्षले संयुक्त विज्ञप्ति जारी गरी सरकारलाई कर नतिरेका लिटिल एन्जेल्स, डिएभी, जेम्स, रातो बंगला लगायतका विद्यालयलाइ ६ दिनभित्र कर तिर्न अल्टिमेटम दिएका छन् । उनीहरुले प्रदेश ६ र ७ मा छाउपढी प्रथाविरुद्ध जनचेतनामूलक विषयलाई पाठ्यक्रममा समावेश गरी अध्ययन अध्यापनको वातावरण बनाउन सरकारसँग माग गरेका छन् ।

उनीहरुले माध्यमिक तहसम्मको शिक्षा पूर्ण निशुल्क घोषणा गरी कार्यान्वयन गर्न पनि माग गर्दै विद्यार्थी संगठनले निजी विद्यालयले शैक्षिक शत्र सुरु हुनुभन्दा अगाडिदेखि नै निजी विद्यालयहरुले नर्सरी, मन्टेसरी र शिशु कक्षादेखि उच्च शिक्षासम्म मनपरी शुल्क लिएको भन्दै त्यसलाई नियमन र निगरानी गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस