गाडीको ठक्करबाट नेविसंघ कार्यकर्ताको मृत्यु पोखरा तनावग्रस्त

0
29

पोखराको पृथ्वीनारायण क्याम्पस क्षेत्र आज बिहान देखी तनावग्रस्त बनेको छ । सोमबार साँझ क्याम्पस अगाडि नगर बसले ठक्कर दिँदा, पीएनमा अध्यनरत नेविसंघका नेता बोधराज ढकालको मृत्यु भएको थियो । सोमबार साँझ ग १ ख ६६७७ नम्बरको गाडीको ठक्करबाट नेविसंघका वोधराज ढकालको मृत्यु भएको हो । स्याङजा आँधीखोला गाउँपालिका घर भई पोखराको बगर बस्दै आएका २४ वर्षीय ढकाल नेपाल विद्यार्थी संघ स्याङ्जा-पृथ्वीनारायण क्याम्पस सम्पर्क समितिका अध्यक्ष हुन् । नगरबसको ठक्करबाट सख्त घाइते भएका नेविसंघ स्याङ्जा पिएन सम्पर्क समितिको सभापती २४ वर्षीय ढकालको उपचारका क्रममा मणिपाल अस्पतालमा सोमबार बेलुका मृत्यु भएको थियो ।

घटनाको विषयलाई लिएर नेविसंघका कार्यकर्ताले विहानैदेखि क्याम्पस क्षेत्रमा प्रदर्शन गरेका छन् । विरोधमा उत्रिएका नेविसंघका कार्यकर्तालाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज समेत गरेको छ, प्रहरीले लाठी हान्दा ६ जना घाइते भएका छन् ।

मृतकका परिवारलाई राहतको माग गर्दै विरोधमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले दमन गरेको भन्दै नेविसंघले आपत्ति जनाएको छ । घटनाको बिरोधमा उत्रीएका विद्यार्थी नेता कपिलदेव रानाभाट लगायत अन्य ६ जनालाई प्रहरीले पक्राउ गरेको पोखरा बाट नेबिसंघ केन्द्रिय सदस्य पुनम भट्टराई ले बताएकी छन् । गाडी चालकले जानीजानी किचेर मारेको पीडित पक्षको आरोप छ । तर पीडक पक्षले भने त्यसको खण्डन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस