राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसले खटायो प्रतिनिधि र प्रशिक्षक

0
6

बुधबार हुने राष्ट्रियसभा निर्वाचनका लागि नेपाली काँग्रेसले केन्द्रीय प्रतिनिधि र प्रशिक्षक खटाएको छ । मतदातालाई प्रभावकारी ढंगले मत राख्न सिकाउनका लागि प्रशिक्षक र समग्र प्रदेशमा व्यवस्था मिलाउनका लागि केन्द्रीय प्रतिनिधि पार्टीले खटाएको हो । पार्टी केन्द्रीय कार्यालयका सचिव प्रेम पौडेलले सातै प्रदेशमा प्रशिक्षक र प्रतिनिधि खटाएको हाम्रो सेरोफेरोलाई बताएका छन् ।

यसरी खटिएका छन् प्रशिक्षक र प्रतिनिधि

प्रदेश प्रशिक्षक           केन्द्रीय प्रतिनिधि
१ डीला संग्रौला            डा मिनेन्द्र रिजाल
२ नगिना यादव           विमलेन्द्र निधि
३ डीना उपाध्याय         डीना उपाध्याय
४ जीवन परियार         गोपालमान श्रेष्ठ
५ अतर कमाल           बालकृष्ण खाँण
६ जीवनबहादुर शाही     हृदयराम थानी
७ एनपी साउद           एनपी साउद

उपाध्याय र साउदले दाहोरो जिम्मेवारी सम्हालेको जानकारी नेपाली काँग्रेस केन्द्रिय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस