१ र ४ प्रदेशमा आज पहिलो प्रदेश सभा बैठक बस्दै

0
17

देश नम्बर ४ को पहिलो प्रदेशसभा बैठक आज बस्दैछ । प्रदेश ४ को अस्थायी मुकाम पोखरामा पहिलो बैठक बस्न लागेको हो । प्रदेशसभाको पहिलो बैठकमा भाग लिन प्रदेश ४ का सबै जिल्लाका सांसद् पोखरा आइपुगेका छन् । बैठक ११ बजे पोखरा नगर विकास प्रशिक्षण केन्द्रमा बस्दैछ । त्यस्तै १ नम्बर प्रदेशको विराटनगरमा बैठक बस्न लागेको छ । प्रदेश १ को बैठक अहिले बिहान ११ बजेबाट सुरु हुनेछ । विराटनगरमा बस्ने बैठकको सबै तयारी पूरा भएको बताइएको छ । यो प्रदेशको पहिलो बैठकको अध्यक्षता भने जेष्ठ सदस्य ओमप्रकाश सरावगीले गर्दैछन् । सभामुख छनोट नहुँदासम्म जेष्ठ सदस्यले अध्यक्षता गर्ने प्रावधानअनुसार सरावगीले बैठक सञ्चालन गर्न लागेका हुन् ।
प्रदेश नम्बर ४ को संसदमा ६० जना प्रदेश सभा सदस्य छन् । ३६ जना प्रत्यक्ष र २४ जना समानुपातिकबाट चयन भएका सांसद हुन् । प्रदेश सभामा एमालेको २७, कांग्रेसको १५, माओवादीको १२, राष्ट्रिय जनमोर्चाको ३, नयाँ शक्तिको २ र एक  दीपक मनाङे स्वतन्त्र सांसद छन् ।

 

प्रतिक्रिया दिनुहोस