चार वटा प्रदेशमा आज पहिलो प्रदेश बैठक बस्दै

0
51

प्रदेश नम्बर २, ५, ६ र ७ को पहिलो प्रदेशसभा बैठक आज बस्दै छ । प्रदेश २ को जनकपुर, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीमा बैठक बस्न लागेको हो । प्रदेश १ र ४ को बैठक भोली सोमबार तय भएको छ । प्रदेश ३ को बैठक भने १८ माघमै सम्पन्न भइसकेको छ ।

बैठकका लागि सबैजसो प्रदेश सांसदहरु यस अघी नै अस्थायी राजधानी पुगिसकेका छन् । चारवटै प्रदेशको बैठकको कार्यसूची पनि निर्धारण भएको छ । बैठकको सुरुमा प्रदेश प्रमुखले बैठक आह्वान गरेको पत्र वाचन गर्ने कार्यसूची छ । त्यसपछि अन्तरिम प्रदेशसभा सञ्चालक कार्यविधि पारित गर्ने र सभामुखको निर्वाचनको मिति तोक्ने बैठकको मुख्य कार्यसूची छ ।

प्रदेश नम्बर ४ को पहिलो बैठक सवा घन्टाको हुने भएको छ । भोली ११ बजेलाई तोकिएको प्रदेश सभा बैठक तयारी गर्न शनिबार बसेको सर्वदलीय बैठकले सवा घन्टाको कार्यसूची तयार गरेको हो । प्रदेश प्रमुखको पत्र पाठ गरेर सुनाएसँगै प्रदेश सभा कार्य सञ्चालन आन्तरिक कार्यविधि पारित गर्ने, सांसदलाई शुभकामना राख्न दिने, अध्यक्ष मण्डल गठन गर्ने लगायत कार्यसूचीमारहेका छन् ।

प्रदेश न २ को रोचक कथा

हरेक प्रदेशको बैठक सँगै रोचक रोचक कार्यहरु सुरु भएको छ । बिचित्र को नियम बनेको छ प्रदेश २ मा धेरै जसो सभामा साम्सदले यस्तो कोडको कपडा लगाउनु पर्ने मर्यादापालकले यस्तो लगाउन पर्ने भन्ने हुन्छ तर प्रदेश नम्बर २ मा भने अली फरक कथन बनेको छ । मधेस केन्द्रित दलको बाहुल्य रहेको प्रदेश २ मा मर्यादापालकलाई दौरा सुरुवाल निषेध गरिएको छ । सांसदहरुले सुविधाअनुसारको पोशाक लगाउने छन् । १९ माघमा भएको सपथ ग्रहण कार्यक्रममा ४७ जनाले मैथिली, २५ जनाले भोजपुरी, २४ जनाले नेपाली र ११ जनाले हिन्दीमा शपथ लिएका थिए ।

प्रतिक्रिया दिनुहोस