आज स्वस्थानी ब्रतको साङ्यता – आजै खग्रास चन्द्र ग्रहण

0
6

श्री स्वस्थानीका श्रद्धालुले एक महिना लामो र कठोर व्रत मंगलबार समापन गरेका छन् । पौष शुक्ल पूर्णिमादेखि शुरू भएको व्रत मंगलबार विधिवतरूपमा सम्पन्न भएको हो ।श्री स्वस्थानी व्रत कथा समाप्तिको दिन खग्रास चन्द्र ग्रहण लागेकाले नेपाल पञ्चांग निर्णायक समितिको सुझावअनुसार बिहान ८ बजेर ५५ मिनेटअघि नै व्रत समाप्त गर्न उचित रहेको बताएको छ । ।चन्द्र ग्रहण लागेको बेला वा चन्द्रमा अस्ताएको बेला गरिने पूजापाठले फल प्राप्त नहुने धार्मिक विश्वासका करण धेरैजसो श्रदालुले बिहान ८ बजेर ५५ मिनेटअघि नै व्रत समाप्त गरे ।

धर्मशास्त्रीय मान्यतानुसार बुधबारको चन्द्रग्रहण वृष, तुला र कुम्भ राशि भएकाहरुले मात्र हेर्नुहुन्छ । यी राशि भएकाहरुले पनि खुला आँखाले ग्रहण हेर्नुहुँदैन । समितिले स्वीकृत गरेका यस वर्षका पञ्चाङ्गमा मेष राशिलाई व्यथा, वृष श्रीप्राप्ति, मिथुन क्षति, कर्कट घात, सिंह खर्च, कन्या लाभ, तुला सुख, वृश्चिक माननाश, धनु कष्ट, मकर स्त्रीपीडा, कुम्भ सुखप्राप्त र मीन राशिकालाई चिन्ताको योग रहेको समितिले जनाएको छ ।‘शास्त्रीय रुपमा बालक, वृद्ध र रोगी बाहेकलाई बुधबार बिहान ८ बजेर ५५ मिनेटदेखि नै खान निषेध गरिएको छ, ग्रहण लागेपछि सुत्न, हाँस्यविनोद, मैथुनलगायत काम गर्नुहुँदैन, ग्रहण निमित्तिक देवपूजा, तर्पण आदि भने गर्नहुन्छ।

यस वर्षको चन्द्रग्रहणमा खग्रास, चन्द्रमा पृथ्वीको नजिक आउने (सुपर मुन) र ग्रेगोरियन पात्रोअनुसार एकै महिनामा दुई पटक पूर्णचन्द्र देखिने ‘ब्लु मुन’ को योग परेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो दुर्लभ खगोलीय घटना १५२ वर्षपछिको पहिलो अर्थात् सन् १८६६ मार्च ३१ तारिखका दिन देखिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस