आखिर किन भारत नेपालमा सरकार परिवर्तनका बेला चलखेल गर्छ

0
36

भारतीय विदेशमन्त्री सुस्मा स्वराजको नेपाल भ्रमणले राजनीतिक वृत्तमा अर्को तरंग उत्पन्न भएको छ । स्वराज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सन्देश लिएर नेपाल आउन लागेको बताइएको छ । नेपालमा प्रतिनिधि र प्रदेश सभा निर्वाचन सम्पन्न भएर सरकार गठनको प्रक्रियामा रहेका बेला हुन लागेको स्वराजको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । हरेक पटक सत्ता परिवर्तन हुने बेलामा भारतले आफ्नो भूमिका खोज्ने गरेको पररास्ट्र जानकार बताउछन । सत्तारुढ भारतीय जनता पार्टीकी वरिष्ठ नेतासमेत रहेकी स्वराजको यो भ्रमण नेपालमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि हुन लागेको सत्ता परिवर्तनसँग जोडिएको छ । वामपन्थी गठबन्धनको सरकार बन्नुअघि नै आफू नयाँ सरकारसँग सहकार्य गर्न इच्छुक रहेको सन्देश दिन मोदीले स्वराजलाई पठाउन लागेको परराष्ट्रका अधिकारीहरुको अनुमान छ ।कतीपय राजनितिग्य यो भ्रमणलाई नेपाल माथिको सुस्म चलखेल हो भन्ने गरेका छन् । फाईल तस्बिर

भारतीय विदेशमन्त्री सुस्मा स्वराज आगामी बिहीबार र शुक्रबार नेपालमा रहनेछिन् । राष्ट्रवादी छवीको आडमा चुनाव जितेको वाम गठबन्धनको नेतृत्वमा सरकार बन्न लागेका बेला स्वराजलाई नेपाल पठाएर मोदीले नयाँ सरकारसँग सहकार्य गर्न इच्छुक रहेको सन्देश दिन खोजेका छन् ।यो भ्रमणका लागि कुनै द्विपक्षीय वार्ता र बैठकहरु समेत नरहेका बेला हुन लागेको भ्रमणमा नेपालका राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।

निर्वाचनपछि एमाले अध्यक्ष केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुई पटक टेलिफोनवार्ता भएपछि हुन लागेको स्वराजको भ्रमण भावी सरकारका लागि पनि महत्वपूर्ण रहेको ठानिएको छ । यसअघि २०७२ को असोजमा संविधान घोषणा हुने समयमा पनि भारतका प्रतिनिधिहरुको नेपाल भ्रमण भएको थियो । त्यसबेला भारतीय विदेश सचिव एस जयशंकर नेपाल आएर संविधान तत्काल घोषणा नगर्न सन्देश दिएका थिए ।

मोदीले अहिले पनि प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत टेलिफोन वार्ता गरेका थिए । ओलीलाई उनले भावी प्रधानमन्त्री भन्दै बधाई समेत दिएका थिए । त्यसो त भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पनि यो भ्रमणका क्रममा स्वराजले नेपालका राजनीतिक नेताहरुसँग छलफल गर्ने जनाइएको छ । यसलाई उच्चस्तरीय भ्रमणको संज्ञा साउथ ब्लकले दिइसकेको छ । भारतीय दूतावासनिकट स्रोतका अनुसार नयाँ सरकार गठन हुनुअघि नै भएको स्वराजको यो भ्रमणले मोदीले नेपाललाई उच्च प्राथमिकतामा राखेको सन्देश हो ।

प्रतिक्रिया दिनुहोस