नेबिसघंले सहिद सम्झदै गर्‍यो रक्तदान

0
54

सहिद दिवसको अवसर पारेर नेपाल बिद्यार्थी सघं केन्द्रिय समितिले आज राजधानिको बिश्व भाषा क्याम्पसमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । मुलुक र जनताको स्वाधिनता र स्वतन्त्रताका लागि प्राण आहूति दिएर वीर सपुतहरुको सम्मान र सम्झनामा कार्यक्रम आयोजना गरिएको छ । रक्तदान कार्यक्रममा बोल्दै कांग्रेस नेता प्रकास सरण महतले सहिदको वलिदानका कारण आज हामी यसरी वोल्न र वाक स्वतन्त्रताको प्रयोग गर्न पाएको वताउनु भयो । ज्ञात अज्ञात सहिदको रगत संग साटेको प्रजातन्त्र जोगाउन काग्रेस हर तरहको प्रयास गरेको वताउदै सहिदको अपमान गर्नेले प्रजातन्त्रको महत्व बुझ्न नसक्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली काग्रेसका प्रवक्ता बिश्व प्रकास शर्माले सहिदको बलिदानीलाई जसले अवमुल्यन गर्छ त्यसले क्षमा नपाउने बताउदै एक दिन मात्र सहिदको सम्झना गर्दैमा सहिदको सम्मान नहुने भन्दै सम्विधानको पूर्ण कार्यान्वयन् गर्नु नै सच्चा रुपमा सहिदको सम्मान भएको बताउनु भयो । नेपाल बिद्यार्थी सघँका कार्यकर्ताहरुलाई दिनुहुदै सहिदले देखाएको बाटोमा लाग्न अनुरोध गर्नुभयो । हरेका कार्य गर्दा सहिदलाई स्मरण गरेर कार्य गरे देशमा लोकतन्त्रको रक्षा गर्न सकिने बताउनु भयो।
नेपाल बिद्यार्थी सघं केन्द्रिय समितिको अयोजनामा गरिएको कार्यक्रममा नेबिसघं अध्यक्ष नैन सिह महरले नेपाली प्रजातान्त्रिक आन्दोलनका सहिदहरुको स्मरण गर्दै बिद्यँर्थी सहिदहरु कामेस्वर,कुषेस्वर, राम लक्ष्मण जस्ताको योगदानको कदर गर्ने बताउनु भयो । कार्यक्रममा महामन्त्री आनन्दराज त्रिपाठी, सहमहामन्त्री प्रेम जोशी, लगाएतकाले सहिदको योगदानको बिषयमा चर्चा गरेका थिए । रक्तदान कर्याक्रममा १२२ जना भन्दा बढीले रक्तदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस