स्पिन बलर सन्दिप लामिछाने टिम दिल्ली डेयरडेभिल्समा

0
19

नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दिप लामिछाने भारतको टि-२० प्रिमियर लिग क्रिकेट ईण्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेविल्सबाट खेल्ने भएका छन्। लामिछानेलाई आज भर्खर मात्रै आईपीएल टिम दिल्ली डेयरडेभिल्सले आफ्नो टिमामा आवद्ध गरेको हो । आईपीएल टिममा आवद्ध हुने उनी पहिलो नेपाली क्रिकेटर हुन् ।

आइतबार भएको अक्सनमा दिल्लीले १७ वर्षीय नेपाली क्रिकेटर सन्दिपलाई किनेको हो । न्यूनतम मूल्य २० लाख भारु तोकिएको थियो । दिल्लीले २० लाखमा नै उनलाई किनेको हो । दिल्लीले १७ वर्षीय लेग स्पीनरलाई टिममा स्वागत गर्दै ट्वीट गरेको छ-आईपीएलको इतिहासमा पहिलो नेपाली खेलाडी । दिल्लीको टिममा गौतम गाम्भीरदेखि ग्लेन म्याक्सवेल, ट्रेन्ट बोल्ट, पृथ्वी शाह समेत छन् । 

दिल्ली डेयरडेभिल्सको टिममा परेपनि आईपीएल खेल्न भने सन्दिपले अझै एक खुडि्कलो पार गर्नु पर्ने हुन्छ । मिटमा आवद्ध खेलाडीहरुबाट १८ सदस्य छानिनेछन् जो मैदानसम्म जानेछन् । खेल्नका लागि त उनी फस्ट इलाभेनमा पर्नु पर्ने हुन्छ । यसअघि शक्ती गौचनले राजस्थान रोयल्सकालागि क्रिकेट क्याम्पमा सहभागी हुने मौका पाएका थिए।

प्रतिक्रिया दिनुहोस