शुरु भो हिउदे झरी

0
25

देशभर जाडो कमहुँदै जादा आज बिहानदेखी आकाशमात हिउदे बर्षा सुरु भएको छ । लामो समयको प्रतिक्षापछि बुधबार बल्ल वर्षा भएको हो । बुधबार बिहान काठमाडौं, पोखरा, दिपालय लगायतमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् विभूती पोखरेलले बुधबार दिनभरि नै वर्षा हुने जानकारी दिइन् । यो पश्चिमी वायू भएकाले साँझसम्म यो पूर्वतिर जानेछ, आज दिनभरि नै वर्षा हुने पोखरलले बताएकी छन् । लामो समयपछि वर्षा हुँदा भने धेरैले राहत महसुस गरेका छन् । बर्षा संगै जाडो पनि बधेको छ ।यो हिउँदको पहिलो वर्षा हो । खडेरीका कारण काठमाडौं उपत्यकाको प्रदूषणसमेत बढेको थियो । मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी जिल्ला र हिमाली भेगमा वर्षासँगै हिमपात पनि सुरु भएको छ ।

मनाङमा मंगलबार अपरान्ह २ बजेदेखि हावाहुरीसहित परेको हिमपातले यहाँको जनजीवन कष्टकर बनेको छ भने १० पर्यटक सम्पर्कविहीन भएका छन् । मनाङको नासोङ गाउँपालिका, दानाक्युदेखि माथिल्लो मनाङको नेस्याङ गाउँपालिका तथा नार्पु गाउँपालिकामा पूरै हिमपात भएको छ ।हिमपातबाट टेलिफोन टावरहरु अवरुद्ध हुँदा सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । मंगलबार बेलुकी मात्र जिल्ला भित्रिएका तथा चामेबाट माथिल्लो मनाङ गएका १० जना बाह्य पर्यटक सम्पर्कविहीन हुन्। भारी हिमपातका कारण उद्दारका लागि समस्या भएको प्रशासनले बताएको छ । उद्धार तथा थप सोधखोज भइरहेको प्रजिक पन्तले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस