भुमेस्थान पञ्चकन्याद्वारा सहयोगी हात हरु प्रती आभार ब्यक्त

0
40

चन्द्रागिरी नगरपालिका वडा न १५ स्थित मुनाल क्लबमा निशुल्क पायल्स, मधुमेह र मुटु रोग जाच आयोजना गरेको भुमेस्थान पञ्चकन्या महिला समाजले सहयोगी संघ सस्थाहरु प्रती आभर ब्यक्त गरेको छ । स्वास्थ्य सिबिर सम्पन्न गर्न सहयोग गर्ने चन्द्रागिरी नगरपालिका कार्यालय, १५ नम्बर वडा कार्यालय , र स्वास्थ्यकर्मी तथा चिकित्सक उपलब्ध गराईदिने गौतम बुद्ध अन्तरराष्ट्रिय कार्डियल आस्पातल कोटेश्वरलाई हार्दिक धन्यवाद दिएको छ । कार्यक्रममा नगरपालिकाका मेयर घनश्याम गिरी वडा अध्यक्ष उत्तम रावत, चिकित्सक डा बिकास सुबेदी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
स्वास्थ्य सिविरमा ३०० भन्दा बढी सर्वसाधारणले स्वास्थ्य जाच गराउनुको साथै निसुल्क औषधी प्राप्त गरेका थिए । सिविरमा ई सि जि तथा ईको को समेत ब्यवस्था गरिएको सस्थाका अध्यक्ष बिनु बस्नेतले बताउनु भयो । कार्यक्रम नगरपालिकाको आर्थिक सहयोग तथा भुमेस्थान पञ्चकन्या महिला समाजको आयोजनामा यही माघ ४ गते बुधवार सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस