ताप्लेजुङ्गको सिनामले श्रीपञ्चमी मेलाबाट आफ्नो पहिचान फर्काउदै

0
213

ताप्लेजुङ्ग जिल्लाको सिरिजघाँ गाउपालिकाको सिनाममा यहि माघ ६ गते देखी ८ गते सम्म श्रीपञ्चमी मेला लाग्ने भएको छ । सदियौ देखी याङरुपको गहनाको रुपमा प्रतिविम्बीत श्रीपञ्चमी मेला वसन्त पन्चमी पर्वको रुपमा ३ दिने मेला तत्कालीन सिनाम गाउको सोसुङ्गा खोला र कावेली खोलाको दोभानमा लाग्ने गर्दथ्यो । याङ्ररुप अर्थात यथार्थमा याङवरक पैसाको दहको रुपमा परिचित दह क्षेत्र साचिकै अति सुन्दर कन्चन्जङ्घाँ साथै कुम्भकर्ण हिमाल सगँ जोडिएको हालको सिरिजघाँ गाउपालिकाको वडा नं १मा पर्दछ । अलैचिको विशेष पकड क्षेत्रको रुपमा परिचय पाएको उक्त क्षेत्र पर्यटकहरुको लागी नेपालकै प्रमुख गन्तब्य हुने प्रवल सम्भावना बोकेको क्षेत्र हो ।


नेपाली पन्चाङ्ग अनुसार वसन्त पन्चमी भन्दा १ दिन अगाडी देखी सुरु हुने उक्त मेलामा प्रचिनकाल देखी नै ताप्लेजुङ्ग, पाचँथर ईलाम, तेह्रथुम, लगाएत भारतको सिक्किम, दाजिलिङ्ग, आसाम, साथै मणिपुर देखी समेत मेला भर्न मानिसहरु आउने गरको स्थानिय बृद्ध समाजसेवी भिश्म राज थेबे बताउनुहुन्छ । त्यो बेला भनेको त कुरै अर्कै भन्दै अर्का बयोबृद्ध टेक बहादुर लिङ्गदेन मेलामा माया साटासाट गरेको सम्झना ताजा गराउनुहुन्छ ।

आज भन्दा करिव ३५ वर्ष अगावैको कथा सुनाउदै ईन्जिनियर बीरेन्द्र श्रेष्ठ हाम्रो सेरोफेरो अनलाईन पत्रिकाको युनिट सगँ भन्नुहुन्छ भरेली अर्थात वसन्त पञ्चमीको दिन करिव २४ सै घण्टा करिव ३५देखी ४० हजार सम्म मानिस एकै पटक मेला भर्न आउने गरेको र सो मेला तीन दिन सम्म चल्दा लाख मनिसले मेला भर्ने गरेको ताजा स्मरण गराउनुहुन्छ । धान नाचको बृहत्तर प्रभाव रहेको उक्त मेलामा आफ्नो मायालुलाई प्रभाव पार्न छिटफुट दोहोरी गीत समेत युवा युवतीहरुले गाउने गरेको देखिन्थ्यो श्रेष्ठ वताउनुहुन्छ ।


टाढा टाढाबाट एक वर्ष अगाडी देखीनै श्रीपञ्चमीको मेला वा अन्य कुनै मेला मै भेटेर माया पिरती साटासाट गर्ने बाचा गरेका तरुण तरुनीहरुको भिड हुन्थ्यो त्यस बेलामा समेत ।

वदलिदो परिस्थिति र सुरक्षाको कारण संकटकाल देखी मेला लाग्न छोडीसकेको थियो । याङ्गरुपको गौरब भएकैले होला स्थानिय युवाहरु पुनः कम्मर कसेर परिमार्जित तवरले श्रीपञ्चमी मेलालाई एउटा पर्वको रुपमा मनाउन दिलोज्यान दिएर लागी परेका छन् । श्रीपञ्चमी पर्वमा अव फुटबल लगायत बिभिन्न खेलहरु खेल्न पाईने भएको छ, भने स्थानयिहरुले मेलालाई अझ प्रचार प्रसार गरि राष्ट्रिय महोत्सवको रुपमा बिकास गर्ने उद्धेस्यले गायन तथा नृत्य प्रतियोगिताका साथै महिला डोरी तानातान प्रतियोगिता आयोजना गरेको छ । जसले मेलामा आउने महिला दिदि बहिनीहरुको लागी समेत मनोरन्जनको साधन बन्ने पक्का रहेको आयोजकको दावी छ ।

धेरै वर्ष देखी खुलेर लाग्न नसकेको उक्त मेलालाई पुर्नजन्म दिन दर्जन भन्दा बढी राष्टिय स्तरका ख्याती प्राप्त कलाकारहरुको समेत दह्रो उपस्थिती रहने भएको छ । सास्कृतीक धमाका २०७४ समेत आयोजना गरेको कुरा मेला आयोजक समितिका अध्यक्ष नेत्र भण्डारी हाम्रो सेरोफेरोलाई बताउनुहुन्छ ।

कार्यक्रममा राष्टिय माघ ८ गते बसन्तपञ्चम्मी कै दिन राष्ट्रिय स्तरका ख्याती प्राप्त ताप्लेजुङ्गका गायक बीरेन्द्र श्रेष्ठको साथमा नेपाल आईडियल टप ११ मा पर्न सफल मेनुका पौडेल, पूर्वान्चल आईडियल पदम राई, खोजि प्रतिभाको पहिलो रनरअप सुजन संकर, राईजिङ्ग स्टारहरु , कुन्साङ्ग डान्स सेन्टर, मुकुबुङ्ग युवा कल्व, मन्जरी कला ईलाम, लिरिकल डान्स किङ पाचँथर, निरज ठाकुर, फ्यूजन डान्स सेन्टर का लिटिल किङ आयुस र कुइन अान्सुको विशेष प्रस्तुती रहने आयोजकले बताएको छ ।

मेलाको पुर्नजागरण गर्ने सुनेर देश बिदेसमा रहेका.स्थिानिय युवाहरु राकेश, उप्रेती, मण्डल थेवे, वसन्त थेवे, अन्जय लिम्वु, प्रविन थेवे, सरस्वती थेवे, खड्क श्रेष्ठ, दिनेश लिङ्गदेन, सन्जीव थेवे तेज बुडाथोकी लगायत थुप्रै युवाहरु दिल खोलेर आर्थिक भौतिक सहयोग गर्न तम्सिएका छन् । बिदेशमा रहेकी कबियत्री अम्विका गुरुङ्गले मेला लाग्ने सुनेर आफै फोन गरेर आयोजकलाई ठूलै सहयोग गर्न चहोको बताएको र सो सहयोग आयोजकले स्विकार गरेको जानकारी दिएको छ ।

यस पटकको कार्यक्रम बाट श्रीपन्चमी मेलालाई पुर्नःजागरण गराउने र अर्को बर्ष देखी मेलाको सामाजिक, सास्कृतीक तथा ऐतिहासिक पाटोलाई अझ प्रचारमा ल्याई याङरुपको पहिचानलाई अझ मजबुत बनाउनेमा विस्वस्थ हुनुहन्छ कार्यक्रमको आयोजनाको तयारीलाई नजिकबाट नियाली रहनुभएका गायक एवम् वुटवल पावर कम्पनीको आयोजना कावेली ए जलबिद्युत आयोजनाका प्रवन्धक वीरेन्द्र श्रेठ ।

हाम्रो सेरोफेरोका प्रत्रकार उमेश भट्टराईले तयार गरेको खोजमुलक समाचार ।

प्रतिक्रिया दिनुहोस