आन्दोलनरत पोखराका ट्याक्सी व्‍यावसायीहरु अब मिटरमा ट्याक्सी चलाउने

0
47

मिटरमा चलाउन नसकिने भन्दै आन्दोलनमा उत्रिएका पोखराका ट्याक्सी व्‍यावसायीहरु अब मिटरमा ट्याक्सी गुडाउन सहमत भएका छन्। मंगलबार १७ जना ट्याक्सी चालकलाई प्रहरीले पक्राउ गरेपछि बुधबार बिहान ट्याक्सी व्‍यावसायीहरु विरोधमा उत्रिएका थिए। बिहीबार यातायात व्‍यावसायी सम्बद्ध संघ संस्थाले समर्थन गर्दै कालो प्लेटका सवारी साधन गण्डकी अञ्‍चलमा नचलाएर विरोध गरेका थिए। मिटरको १४ रुपैयाँमा ट्याक्सी चलाएर गुजारा चलाउन नसकिने भन्दै आन्दोलनमा उत्रिएका ट्याक्सी व्‍यवसायीहरु शुत्रबार बसेको व्‍यावसायी प्रशासनबीचको वार्तापछि मिटरमा चलाउन सहमत भएका हुन्।

नियम भन्दा माथि गएर मनपरि गर्ने छुट कसैलाई नभएको भन्दै मनपरी भाडा असुल गरे तुरुन्तै कारबाही गरिने सिंहले बताए। यस विषयमा ट्याक्सी व्‍यावसायी समितिका अध्यक्ष प्रकाशमणि तिवारीले व्‍यावसायी प्रशासनबीचको वार्तापछि मिटरमा चलाउन सहमत भएको बताएका छन् ।

व्‍यावसायी बीच साविककै दरमा मिटरमा ट्याक्सी चलाउने र पछि महँगीअनुसार समयोजनकालागि पहल गरीने गरी सहमति भएको कास्की प्रहरी प्रमुख अशोक सिंहले जानकारी दिए । उनले भने ‘यदि मिटरमा चल्न नमाने ट्याक्सीको नं सहित १०० , १०३ जिल्ला प्रहरी कार्यालयमा जानाकारी गराउन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

श्रोत: पत्रकार तारा चापागाईको सहयोगमा

प्रतिक्रिया दिनुहोस