नेबिसंघको माग सम्बोधन नभए ससक्त आन्दोलन – अध्यक्ष महर

0
36

नेपाल बिद्यार्थी संघले शुक्रबार देशभर जिल्ला प्रशासन कार्यालयमा संकलित हस्ताक्षर सहित ज्ञापनपत्र बुझाएको छ ।
सबै नियमित विद्यार्थीलाई निशुल्क स्वास्थ्य बिमा उपलब्ध गराउनुपर्र्र्ने, बेरोजगार यूवालाई भत्ताको व्यवस्था गराउनुपर्ने, प्रमाणपत्र धितो राखि सहुलियमा ऋण उपलब्ध गराउनु पर्ने लगायतका विभिन्न ७ सुत्रिय माग राखी चरणबद्ध आन्दोलनमा उत्रिएको नेविसंघले माग पुरा गराउन पूर्व घोषित कार्यक्रम अनुसार आज ज्ञापनत्र बुझाएको हो ।

काठमाडौंका प्रमूख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने क्रममा नेविसंघ अध्यक्ष नैनसिंह महरले संगठनले राखेका माग सम्बोधन नभएसम्म शसक्त रुपमा आन्दोलन गरिने बताउँदै माघ २ मा सम्पूर्ण जिल्ला सदरमुकामहरुमा दबाब मूलक र्‍यालि निकालिने कुरा बताए । आन्दोलनकै क्रममा सन्कलित हस्ताक्षर काठमाडौ प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा ज्युलाई हस्तान्तरण कार्यक्रममा नेविसंघका अध्यक्ष नैनसिंह महर महामन्त्रीद्वय सरोज कुमार थापा, आनन्द त्रिपाठी ,उपाध्यक्ष पुष्प कुमार शाही, काेषाध्यक्ष शिव रिमाल, सहमहामन्त्री प्रेम जोशी लगायतको उपस्थिथिती रहेको थियो ।  

नेविसंघले पुस २४ गते प्रधानमन्त्रि शेर बहादुर देउवालाई भेटी नेविसंघद्धारा बिद्यार्थीका पक्षमा विभिन्न मागहरु उठाउँदै आएको तर ती मागहरुलाई सरकारले बेवास्ता गरेको भन्दै माग सम्बोधनको लागि ७२ घण्टे अल्टिमेटम दिएको थियो । मागहरु पूरा नगरिए आफ्नै माउ पार्टीको सरकार बिरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिएको नेविसंघले चरणबद्ध आन्दोलनको निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस