आज पृथ्वीजयन्तीः सार्वजनिक बिदा,देशभर विविध कार्यक्रम

0
45

आज पुस २७ अर्थात् पृथ्वी जयन्ती, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर मनाइँदैछ । विसं.१७७९ पुस २७ गते गोरखामा जन्मिएका शाहले बाइसे-चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।

लोकतन्त्र आएपछि औपचारिक रुपमा राष्ट्रिय एकता दिवस नमनाएको सरकारले यस वर्ष भने विविध कार्यक्रम गरेर पृथ्वी जन्यती मनाउँदैछ । लोकतन्त्रपछि गठन भएको सरकारले एकता दिवसको बिदा कटौती गरेको भए पनि सरकारले जन भावना बुझेर आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

यसैबीच राष्ट्रिय एकता दिवसको अवसरमा सरकारको तर्फ बाट प्रज्ञा प्रतिष्ठानको संयोजकत्वमा पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम राखिएको छ । सिंहदरबारको मूल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गर्न राष्ट्रपति विद्यादेवी भण्डारी बिहान ११ः३० बजे जाने कार्यक्रम छ । यता राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीको अवसरमा बिहीबार दिउँसो ३ बजे पुलिस क्लबमा चियापान कार्यक्रमको आयोजना गरेको छ । प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका नेतादेखि विभिन्न पेशाकर्मीलाई आमन्त्रण गरिको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालगाायत सहभागी हुने राप्रपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस