काँग्रेसको नेत्रित्व युवाको हातमा आईसक्यो – अध्यक्ष महर

0
35

नेपाल बिद्यार्थी संघका केन्द्रिय अध्यक्ष नैन सिंह महरले नेपाली काँग्रेसको नेत्रित्व युवाहरुको हातमा आउने क्रम जारी भएको बताउनु भएको छ । राष्ट्रिय एकता दिवसको अवसरमा हाम्रो सेरोफेरो सँग आफ्नो धारणा राख्दै सो कुरा बताउनु भएको हो । सो क्रममा अध्यक्ष महरले पार्टी सभापति देउवाले पार्टिको प्रवक्तामा युवा नेता विश्वप्रकश शर्मालाई मनोनित गरेर नेपाली काँग्रेस अब युवाहरुको हातमा आएको बताउदै युवा बिद्यार्थी नेता महरले विश्वप्रकाश शर्मा प्रभावकारी कार्यसम्पादन गर्ने अपेक्षा राख्दै युवा पुस्तालाई पार्टी सभापतिले दिएको जिम्मेवारी प्रति धन्यवाद दिनु भएको छ ।

काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गर्नु भएका प्रखर वक्ता शर्मा ०४६ सालमा मेची बहुमुखी क्याम्पसका सभापति, नेपाल विद्यार्थी संघको महामन्त्री, अध्यक्ष हुँदै कांग्रेसको केन्द्रीय सदस्य बाट पार्टिको राजनीतिमा आउनु भएको हो । राष्ट्रिय एकता दिवसको अवसरमा सामाजिक सन्जाल फेसबुक मार्फत समेत पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सबै नेपाली दीदिबहिनी, दाजुभाईहरुमा हार्दिक शुभकामना लेख्नु भएका महरले  एकता दिवसले जसरी पृथ्वीनारायण शाहले बहुजाती, बहुभासी, बहुसास्कृतिक समाजलाई एकताबद्ध गराउनु भयो त्यसरी नै युवा बिद्यार्थीहरुले देशको सम्रिद्धीका एक हुने बेला आएको भन्दै सबै युवा बिद्यार्थीहरुलाई एकता बद्ध हुन ढिला गर्न नहुने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस