पैसाको आडमा धर्म परिवर्तन बढ्दो सरकार किन मौन ?

0
23

जवर्जस्ती धर्म परिवर्तनलाई कानूनले प्रतिबन्ध लगाएको भएपनि धादिङको उत्तरी भेगमा भने पैसाको आसमा ईसाईकरण बढ्न थालेको छ। भूकम्पले क्षतिग्रस्त उत्तरी धादिङमा अहिले राहतको नाममा धर्म परिवर्तन बढ्न थालेको चिनियाँ एक संस्थाको खोजीले देखाएको छ। साउथ चाईना मर्निंग पोस्टको एक रिपोर्टले सनसनी पूर्ण खोजी गरेको छ। दुईसाल पहिले नेपालमा शक्तिशाली भूकम्प आएको थियो। यसमा नेपालका १४ जिल्लाका गाउँहरु क्षतविक्षत भएका छन्। यहाँका धेरै मानिसहरु अझैपनि अस्थायी शिविरमा शरण लिन बाध्य भएका छन्। यी क्षेत्रमा सरकारले दिएको अनुदानले घर बन्न भन्दा पनि चर्चको पुनर्निर्माण भएको छ। यसरी चर्चको भवन निर्माण गर्नको लागि ईसाई मिसिनरीले आर्थिक सहयोग गरेको भेटिएको छ।

नेपालमा धर्म परिवर्तन प्रतिबन्धित छ। सरकारले केही महिना अघि ल्याएको कानूनले पनि धर्म परिवर्तनलाई गैरकानूनी मानेको छ। यसमा तत्कालीन समयमा केही ईसाई संस्थाहरुले विरोध पनि गरेका थिए। तर लोभ लालचमा पारेर रफ्तार रुपमा धर्म परिवर्तन गर्ने क्रम पनि जारी रहेको छ। अध्ययनका अनुसार सुदूर हिमाली क्षेत्रमा ईसाईहरु बहुसंख्यक बन्न थालिसकेका छन्। कसरी यहाँ धर्मान्तर हुन्छ ? उदाहरणको रुपमा हामी रिका तामाङलार्इ लिन सक्छौं। तमाङले जब इसाइ धर्म अपनाईन् जतिबेला उनकी आमा विरामी हुँदा उनीसँग पशु बलिको लागि पैसा थिएन। उनलाई गाउँमा रहेका एकजना पादरीले भने जो सुकै पनि मेरो साथमा आउँछ वा एकपटक ईसाई धर्म स्वीकार गर्छ मलाई कुनै पशु बलिको आवश्यकता पर्दैन। सबै मुक्त हुन्छन्। त्यसपछि उनी ईसाईमा लाग्न थालिन्।

सन् २०११ को सरकारी तथ्यांक अनुसार कूल जनसंख्याको १.५ प्रतिशत जनसंख्या ईसाईहरु थिए। सो क्षेत्रका ग्रामीण क्षेत्रका इलाकाहरुमा कैयौं चर्चहरु छन्। त्यहाँका धेरै मानिसले आरोप लगाउने गरेका छन् मि विदेशी मिसिनरीहरुले आर्थिक मद्दत दिएर धर्मान्तरको लागि प्रोत्साहन गरिरहेका छन्। दक्षिण कोरिया तथा सिंगापुरका मिशनरीहरुले सर्वे गरेर केही समय बहुत मात्रामा सामान त्यस क्षेत्रमा पठाए। जसलाई चर्चबाट वितरण गरियो। निजिकैको गाउँमा पनि दक्षिण कोरियाली एक संस्थाले बहुत मात्रामा चर्च मार्फत् रकम बाँडेको खुलाशा भएको थियो।
समाचार श्रोत: साउथ चाईना मर्निंग पोस्ट

प्रतिक्रिया दिनुहोस