देश भरी चिसोले जन जीवन प्रभावित

0
30

मुलुकमा चिसोले जन जीवन प्रभावित भई रहेको अवस्थामा राजधानी काठमाडौंको न्यूनतम तापक्रम लगातार दोस्रो दिन पनि जिरो डिग्री सेल्सियस रहेको छ । आइतबार पनि काठमाडौंको न्यूनतम तापक्रम ० डिग्री थियो । न्यूनतम तापक्रम अझै घट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान मपन गरिएको तापक्रम अनुसार दिपायल ०.४, डडेलधुरा २.९, धनगढी २.५, विरेन्द्रनगर ०.५, नेपालगञ्ज ४.२, जुम्ला माइनस ७.४, दाङ ०.१, पोखरा ४.० डिग्री रह्यो । त्यस्तै भैरहवाको ६.४, सिमराको ४.०, ओखलढुंगाको २.३, धनकुटाको ४.० र विराटनगरको ३.७ डिग्री हेको छ । महाशाखाले सोमबार पश्चिमी क्षेत्रमा हल्का बादल लागेको र अन्य क्षेत्रमा मौसम सफा रहेको जनाएको छ । उता हिमाली जिल्लाको जनजीवन कस्टकर हुँदै गई रहेको छ ।

मनाङमा अहिले माइनस १६ डिग्रीसम्म तापक्रम घटेको छ। अत्यधिक चीसो वढेसँगै स्थानियहरु घरमै बस्न थालेका छन्। सरकारी कार्यालयका कर्मचारीहरु पनि कार्यालयमा कम भेटिन थालेका छन्। सेवाग्राहीहरु सरकारी कार्यालयमा आक्कलझुक्कल मात्र भेटिन्छन। मनाङका सबै शिक्षण संस्था बन्द भएका छन्। शिक्षण संस्थाहरु फागुनदेखि सञ्चालनमा आउन सक्ने बताइएको छ। घरपालुवा जनावरको रेखदेख र बस्नैपर्ने अवस्था रहेका स्थानिय बाहेक सबैले मनाङबाट हिउँदै छुट्टीमा तनहु, कास्की, स्याङ्जा तिर झर्ने गरेका छन् ।

खाने पानीको मुहान समेत वरफ भएको छ। अत्यधिक चीसो वढ्दा पानी वग्ने खोलाहरुमा पानी वग्न छोडेको छ। चीसोका कारण तुसारो र शीत पनि वरफ बनेको छ। स्थानियहरु चीसोले अत्यधिक पिडित भएका छन्। पाइपमा पानी जमेर वरफ हुँदा धारामा पानी नआएका कारण स्थानियहरुले वरफलाई पगालेर पानी पिउन वाध्य भएका छन्।

प्रतिक्रिया दिनुहोस