प्रदेश प्रमुख तोक्न वालुवाटारमा सर्वदलीय बैठक

0
17

आज बिहान देखी प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलिय बैठक आयोजना भएको छ । प्रदेश प्रमुख तोक्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा अब बन्ने सरकारको बिषयमा छलफल भई रहेको श्रोतले बताएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री देउवाले दोस्रोपटक सर्वदलीय बैठक सुरु गरेका हुन् । बैठक प्रदेश प्रमुख तथा स्थायी राजधानी तोक्ने विषयमा केन्द्रित हुने बताइएको छ ।

सरकारले प्रदेश राजधानीको अस्थायी राजधानी प्रस्ताव गरेर मन्त्रिपरिषद्मा बुझाएको छ । यसलाई मन्त्रिपरिषद् बैठकले पारित गर्नुपर्ने हुन्छ । यही विषयमा सुझाव माग्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

राष्ट्रियसभा निर्वाचन र नयाँ सरकार गठनका विषयमा समेत छलफल हुने बताइएको छ । प्रतिनिधिसभा निर्वाचनबाट ५ पार्टी एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीले राष्ट्रिय दलको आकार लिएका छन् । यिनै पार्टीका शीर्ष नेता बैठकमा सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस