अग्रेजी नयाँ वर्षको शुभकामना सगै श्रष्टा सम्झदै गायक श्रेष्ठ

0
73

नेपाली सुगम सगिंतमा परिचित नाम हो बीरेन्द्र श्रेष्ठ, नेपालको पुर्वी क्षेत्रको हरेक सागिंतिक कार्यक्रममा र्दशक श्रोताको पहिलो रोजाईमा पर्ने श्रेष्ठ हरेक गीत संगितमा श्रष्टाको अथक मेहनत र लगानी परेको वताउनुहुन्छ । गत पौष १५ मा पाचँथरको फिदिममा आयोजित बृहत सांगितिक कार्यक्रममा समेत आफ्नो प्रस्तुती दिदै गर्दा गितकार अम्वीका गुरुङ्ग, दिपक शर्मा, गायक अरुण थापाको सम्झना गर्दै आफ्नो प्रस्तुती दिनुभएको थियो । कमैमात्र गायकहरु यसरी श्रष्टाहरुको सम्झना र सर्मपण बाट आफ्नो प्रस्तुतीको श्री गणेश गर्दछन् । हुने विरुवाको चिल्लो पात भने जसरी गायक श्रेष्ठको गायन कलामा निखार आउदै गएको बताउछन् र्दशक श्रोता ।

ताप्लेजुङ्गको सिनाममा जन्मी बारिको पाटो बाट आफ्नो अध्ययन सुरु गर्नु भएका श्रेष्ठ गाउघरमा प्रकृती बाट आउने आवाज नै सुमधुर संगित रहेको बताउनुहुन्छ । सोही प्रकृतीमा रमेर गीत गाउदै स्कुल जाने बीरेन्द्र श्रेष्ठ युरोपबाट ईन्जिनियरिङ्गमा मास्टर्स त गर्नु भयो तर उहाको सानै देखीको रहर भने औपाचारिक शिक्षाले पुरा गर्न सकेन त्यस पछीका दिनमा श्रेष्ठ संगीतको पछी लाग्दै सानै देखीको आफुले दवाएर राखेको क्षमता बाहिर ल्याउनु भयो पहिलो एल्वम् सुचिन्दा बाट ।

हजुर बुवा केवलमान श्रेष्ठकोे माया तथा बन्धनले होला अध्ययन लगत्तै २०५३ देखी देशको माटोले तानेपछी जन्मभूमीमै केही गर्नु पर्छ भनी नेपाल फर्की नेपाल बिद्युत प्राधिकरण बाट आफ्नो जागिरे यात्रा सुरु गर्नु भयो । सोही समयमा नेपालका प्रख्यात र चर्चित गितकार, संगितकार तथा गायक गायिकाहरुको संगत सगै गीत गाउन प्रेरित हुनुभएका गायक श्रेष्ठ हाल कावेली ए जलबिद्युत आयोजनाको आयोजना प्रवन्धक रही देश उज्यालो बनाउने कार्यमा लाग्नु भएको छ । आफ्नो कार्य ब्यस्तता त छदैछ तर पनि हाल सम्म २० ओटा गीतमा स्वर भरि सक्नु भएका श्रेष्ठका १३ ओटा गीत बजारमा मात्र आएनन् ति गीतले श्रोतामा माझ चर्चा समेत बटुल्न सफल भएका छन् ।

गीत आफैमा एउटा कथावस्तुको बिम्व हो जसलाई सुनेर मात्र पूर्ण नहुने भएकोले श्रब्य दृश्य मार्फत श्रोताकहाँ जानु पर्ने र संचारको पहुचताले आफ्नो गोजीमा रहेको मोवाईलमा हेर्न तथा श्रवण गर्न पाउनु पर्ने अधिकार कायम भई सकेको यो समयमा केवल उत्कृष्ट गायन, संगित, र सब्दले मात्र पुग्दैन । गायक बीरेन्द्र श्रेष्ठले समयको मागलाई बुझेर केही गीतका भिडीयो समेत बजारमा ल्याई सक्नु भएको छ भने निकट भविस्यमै सि.आर.बिटी., पि.आर.बिटी रिङ्ग टोनमा समेत श्रेष्ठका गीतहरु सुन्न पाईने भएको छ । आफ्नो जन्म दिनको अवसर पारेर गायक श्रेष्ठले २०७५ बैसाख १० मा र्दशक श्रोतामाझ आफ्नो एल्वम् सुचिन्दाको प्ररिस्कृत स्वरुप बिमोचन गर्ने योजना रहको बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस