राष्ट्रिय एकता र मेलमिलाप नीति बीपीको बिचार

0
12

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक विश्वेश्वर प्रसाद कोइराला ०३३ साल पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको सन्देश लिएर प्रवासी जीवन त्यागेर भारतबाट नेपाल आएको सम्झनामा यसपटक पनि देशभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय मेलमिलाप दिवस आज मनाईयो । नेपाल बिद्यार्थी संघ केन्द्रिय समितिले आज केन्द्रिय अध्यक्ष नैन सिंह महरको अध्यक्षतामा आजको सन्दर्भ र राष्ट्रिय मेलमिलाप बिषयक एक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा प्रमुख अतिथी नेपाली काङ्रेशका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले बि पि को बिचार हराउदै जादा देशमा प्रजातन्त्र खतरामा परेको बताउनु भयो । पार्टिले हारे पनि देशले हार्ननहुने भन्दै युवा बिद्यार्थी अझै कृयासिल भएर लाग्न निर्देशन दिनु भयो ।

२०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती व्यवस्था शुरु गरेपछि कोइराला सहितका नेता ७ बर्ष जेल जीवन बिताएपछि २०२५ सालमा विपी सहितका कांग्रेस नेता भारत निर्वासनमा गएका थिए ।

नेपालमा राजासँगै हातेमालो गर्न सकिने निष्कर्ष निकाल्दै भारतबाट स्वदेश फर्किएका उनीहरु विमानस्थलबाटै पक्राउ परेका थिए । वीपीको राष्ट्रिय मेलमिलाप र एकताको सन्देश आज दलहरुबीच देखिएको आपसी अविश्वास र असमझदारी हटाई निर्धारित समयमै लोकतान्त्रिक संविधान कार्यान्वयनका लागि पनि उत्तिकै सान्दर्भिक रहेको विश्लेषकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस