स्याङ्जा ग्रामीण पर्यटनको जननी – महामन्त्री कोईराला

0
30

स्याङ्जा ग्रामीण पर्यटनको जननी भएको र यसको प्रवर्धक क्या. रुद्रमान गुरुङ भएको डा.शसान्क कोईरालाले बताएका छन् । सोही कार्यक्रममा बोल्दै डा. कोईरालाले बर्तमान सरकारमा रहेको काँग्रेसले सम्पूर्ण प्रक्रिया पुरा भएपछि काँग्रेसले सरकार छाड्ने बताएका छन् । हिजो सनिबार स्याङजाको आँधीखोला गाउँपालिका १ स्थित सिरुबारीमा स्व. पुर्व सांसद क्या. रुद्रमान गुरुङको सालिक अनावरण तथा तमूहरुको महानपर्व ल्होसारको कार्यक्रमलाई सम्बोधन गर्दै डा.शसान्क कोईरालाले सो कुरा बताएका हुन् । सरकारले पाएको जिम्मेवारी पुरा गरेपछि सत्ता हस्तान्तरण गर्न प्रधानमन्त्री शेरबहादुर देउवा आतुर रहेको बताउदै डा. कोईरालाले कागे्रसले सत्ता सरसम्मान सत्ता हस्तान्तरण गर्ने र विपक्षमा बस्ने बताउँदै राम्रो काममा सरकारको सर्पोट र नराम्रो काममा खबरदारी गर्ने बताए ।

कोरालाले जनताको जनमतलाई मनन गरेर काँग्रेस प्रतिपक्षमा बस्ने स्पष्ट पारे । स्याङजाको सिरुबारीगाउँ मुलुकको ऐतिहासिक स्थल पर्यटकीय स्थल तथा होमिस्टे प्रर्वद्धन तथा संर्वद्धन गर्नको लागी काँग्रेस पार्टी र सरकार सँधै लागी पर्ने धारणा राख्दै कोईरालाले सो कार्यक्रममा बताए ।

कार्यक्रममा पुर्व सांसद तथा काँग्रेसका जिल्ला सभापति कमलप्रसाद पंगेनी, पुर्व सांसदद्धोय राजु थापा, शंकर पाण्डे लगाएतले स्वां गुरुङ होमिस्टेको अभियान्ता मात्र नभई पार्टीका सच्चा र ईमान्दार नेता रहनुभएको बताउँदै उहाँको अभियानलाई सफल पार्न सबै प्रतिवद्ध रहेको बताए । स्याङजामा रहेको सिरुबारी होमिस्टेले जिल्लालाई देश तथा विदेशमा चिनाउन सफल भएकाले यसलाई व्यवस्थित रुपले विकास गर्न लाग्नु पर्ने धारणा अन्य बक्ता हरुको थियो । जुमकुमार गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस