येशुको बलिदान सबैका लागि प्रेरणाः प्रधानमन्त्री

0
22

प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिस्चियन धर्मका प्रवर्दक येशु ख्रिष्टको बलिदानी सबैका लागि प्रेरणाको स्रोत हुने विश्वास व्यक्त गरेका छन् । क्रिसमस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली ख्रिष्टीयनमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले भनेका छन्- येशु ख्रीष्टका उपदेश सबैका लागि उपयोगी छन्, उहाँले देखाउनुभएको त्याग र बलिदानीको उदाहरण हामी सबैका लागि प्रेरणाको स्रोतका रुपमा रहनेछ भन्ने मेरो विश्वास छ । राष्ट्रपति विद्यादेवी भण्डारीले क्रिसमस पर्वले राष्ट्रिय एकता र धार्मिक सहिष्णुता कायम गर्न सहयोग गर्ने विश्वास व्यक्त गरेकी छन् ।

राष्ट्रपतीले नेपाली समाज विविध धर्म र संस्कृतिको संगमस्थल भएको उल्लेख गर्दै नेपालको संविधानले सबै धर्म र संस्कृतिको सम्मान र धार्मिक सांस्कृतिक स्वतन्त्रतालाई अंगीकार गरेको पनि बताएकी छन् ।नेपालमा भुकम्प पछी बिभिन्न बहानामा  संबिधान बिरुद्ध बिदेशी सस्थाहरुले जनजातीहरुमा आर्थिक प्रलोभन देखाई धर्म परिवर्तन गर्न वाध्य पारीएको पाईएको छ । नेपालमा आक्रामक रुपमा धर्म परिवर्तन गरी इसाई बनाईने प्रकोप बढीरहेको छ ।

प्रतिक्रिया दिनुहोस