देशभर चिसो बढ्यो

0
24

देशभर जाडो मौसमले सताएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार सोमबार पूर्वमा आंशिक बदली हुनेछ भने अन्य क्षेत्रमा मौसम सफा नै रहने छ । तर बिहानी समयमा अधिकांश क्षेत्रमा हूस्सू लागेको छ । हिमाली केही जिल्लामा मात्र हिमपात भएको छ । आंशिक वर्षा हुन सक्ने रिमालले जानकारी दिए ।

काठमाडौं उपत्यकामा समेत केहीदिन देखी बाक्लो हूस्सू लागेको छ । हूस्सू खुल्न १० बजेसम्मको समय कुर्नुपर्ने अवस्था छ । बिहान ६ः३० बजे काठमाडौंको न्यूनतम तापक्रम ४.६ डिग्री रहेको थियो । तराईमा बाक्लो हूस्सू देखिएको छ । दिउँसोतिर मौसम खुल्दै जाने रिमालले बताए ।

 

प्रतिक्रिया दिनुहोस