मुस्ताङबासी जनता राजतन्त्र चाहन्छन्

0
8

देशमा गणतन्त्र आइसक्दा पनि उपल्लो मुस्ताङमा भने सांस्कृतिक राजा यथावतै थिए । गत बर्ष राजा जिग्मे परबल विष्टको निधन भएपछि भने त्यहाँ राजाको मान्यतामा कोही छैनन् । मुस्ताङबासी अहिले उनै राजाका भतिजा छोरा जिग्मी सिंगे परबल विष्ट (राजकुमार अशोक)लाई सांस्कृतिक राजाको मान्यतामा राख्न चाहन्छन् ।

विजयी उम्मेदवारले पनि राजकुमार अशोकलाई राजाको रुपमा गद्दी आरोहण गराउने योजना सुनाउँछन् । सांसद इन्द्रधारा विष्टले अनलाइनखबरसँग भने, ‘तीजमा उपल्लो मुस्ताङमा ठूलो तिजेमेला लाग्दै आएको छ । मेलाकै अवसरमा राजकुमार अशोकलाई हामी राजाको गद्दी आरोहण गराउने योजनामा छौं ।’

प्रतिनिधि सभा सदस्य तुलाचन पनि सांस्कृतिक राजालाई यथावतै राख्न चाहन्छन् । ‘उपल्लो मुस्ताङको ऐतिहासिक दरबारलाई म्युजियम पनि बनाउन सकिन्छ तर सांस्कृतिक राजा चाहिँ कायम रहनुपर्छ भन्ने सबैको मान्यता छ,’ तुलाचनले भने, ‘नेपाल सरकारको आधिकारिक र कानुनसम्मत नभए पनि धार्मिक राजाको खाँचो छ । त्यहाँका जनता यही चाहन्छन् । यो सबैको एजेन्डा हो ।’

अर्का प्रदेश सभा सदस्य थकाली पनि धार्मिक राजाकै पक्षमा छन् । राजा नहुँदा धर्म सस्कृति नै संकटमा परेको भन्दै मुस्ताङका जनता राजा बिना टुहुरो भएको महसुस गर्दै जन प्रतिनिधीहरु सँग राजाकुमारलाई राजगद्दीमा बसाउन माग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस