एमालेको एक्लै बहुमत- यस पटक जनताको रोजाई कम्युनिस्ट

0
33

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ नेकपा (एमाले) र नेकपा (माओवादी) को संयुक्त वाम गठबन्धनले दुईतिहाई स्थानमा जित हासिल गरेको छ । कुल १६५ निर्वाचन क्षेत्रमध्ये हिजो साँझसम्म सार्वजनिक १६२ स्थानको अन्तिम परिणाममा गठबन्धनले हालसम्म ११6 स्थानमा जित हासिल गरेको छ । प्रतिनिधिसभा सदस्यमा एमालेले ८० र माओवादी केन्द्रले ३६ स्थानमा विजय हाँसिल गरेको छ ।

नेपाली काँग्रेसको २२ स्थानमा विजयी भएको छ भने संघीय समाजवादी फोरम ११ र राष्ट्रिय जनता पार्टी नेपाल ११ स्थानमा विजयी भएका छन् । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी एक, नयाँ शक्ति पार्र्टी नेपाल एक, राष्ट्रिय जनमोर्चा एक र नेपाल मजदुर किसान पार्टी एक स्थानमा विजयी भएको छ । स्वतन्त्रतर्फ एक उम्मेदवारले पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

यसैगरी प्रदेशसभा सदस्य प्रत्यक्षतर्फ पनि वाम गठबन्धनले दुईतिहाई भन्दा बढी स्थानमा जित हासिल गरेको छ ।प्रदेशसभाका कुल ३३० निर्वाचन क्षेत्रमध्ये ३२६ स्थानको अन्तिम परिणाममा गठबन्धनले २४१ स्थानमा जित हासिल गरेको छ । प्रदेशसभातर्फ पनि एमाले १६७ र माओवादी केन्द्र ७४ स्थानमा विजयी भएको छ । त्यस्तै काँग्रेसले ४२ स्थानमा जित हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस