दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण सम्पन्न मतपत्र जिल्ला ल्याउनेक्रम जारी

0
30

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणमा मतदान सम्पन्न भएका भएका ४५ जिल्लामा ६७ प्रतिशत मत खसेको अनुमान निर्वाचन आयोगले गरेको छ । निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रारम्भिक ६७ प्रतिशत मत खसेको जानकारी दिए । निर्वाचन अयाोगका अनुसार १२८ प्रतिनिधिसभा र २५६ प्रदेशसभा सदस्यका लागि ४५ जिल्लामा रहेका ७ हजार ७५२ मतदान स्थल र १५ हजार ३४४ मतदान केन्द्रमध्ये एक मतदान स्थलबाहेक सबैमा शान्तिपूर्ण मतदान भएको छ । मतदान सम्पन्न भएका ४५ जिल्लाका सबै मतपेटिका जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाइनेछ । सर्वदलीय बैठकपछि मतगणना सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस