स्याङ्जामा शान्तीपूर्ण रुपमा चुनाव सम्पन्न बाम गठबन्धन द्वारा बुथ कब्जा गर्न खोज्दा हावाईफायर 

0
261

दोस्रो चरणको प्रतिनिधी सभा र प्रदेश सभाको चुनाव देशभरी शान्तीपूर्ण सम्पन्न भएको छ । उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले पुतलीबजार नगरपालिका स्थीत काजिमानहरिटिका केन्द्रमा मतदान गरेका छन् । निर्वाचन आयोगले  दोस्रोको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६७ प्रतिशत बढी मत खसेको जनाएको छ । स्याङ्जा को गल्याङ नगरपालिकाको वडा न ११को तुलसी भञ्ज्याङ केन्द्रमा बाम गठबन्धनले बुथ कब्जा गरी भोट हाल्न खोजे पछी लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले रोक्न खोज्दा झडप भएको छ । झडपमा बाम गठबन्धनका कार्यकर्ताले घरेलु हातहतियारले आक्रमण गर्न खोजेपछी वाध्य भएर प्रहरिले स्थिती नियन्त्रणमा लिन हावाई फायर गरेको ईलाका प्रहरी गल्याङले जानकारी गराएको छ । यता वडा न ११को गल्कोट मा बि को मतदान केन्द्रमा बामगठबन्धनले जिल्ला बाहिर बाट लिएर आएका गुण्डाहरुले पदमपानी आर्याललाई आक्रमण गरी घाईते गराएको स्थीनियले बताएका छन् । अर्यालको गल्याङ सामुदायिक अस्पातलमा उपचार भई रहेको छ । त्यस्तै चपाकोट नगरपालिकाको सेखाममा बाम गठबन्धनका कार्यकर्ताले काङ्रेशका कार्यकर्तालाई मतदान स्थलमा जान बाट रोकेको श्रोतले जनाएको छ ।     

प्रतिक्रिया दिनुहोस