उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई लक्षित गरी बम प्रहार

0
47

उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई लक्षित गरी स्याङ्गजामा बम प्रहार गरिएको छ । स्याङ्गजाको भीरकोट गाउँपालिका वडा नं ८ ढापुकफेदीमा चुनावी कार्यक्रम सकेर फर्किदै गर्दा अपरान्ह ५ :३० तिर उनको सवारीलाई लक्षित गरी बम प्रहार गरिएको हो । उपप्रधानमन्त्री श्रेष्ठ चढेको बा १३ च २०२७ नम्बरको स्कारपियोलाई लक्षित गरि बम आक्रमण भएको उनका सहयोगी शिवसंसार श्रेष्ठले जानकारी दिएका छन् । श्रेष्ठ सबार स्कारपियो नजिकै करिब ५ मिटरको दुरीमा बम बिष्फोट भएको थियो । आक्रमणको कसैले जिम्मेवारी नलिएको स्थानीय सुरक्षा निकायले जनाएको छ ।

बम प्रहारबाट मानवीय तथा भौतिक क्षति भने नभएको जनाइएको छ । मन्त्री श्रेष्ठको गाडी र सुरक्षार्थ खटिएको स्कर्टिङ्गको गाडी घट्नास्थल कटेको २० सेकेण्डपछि सो विष्फोट भएको थियो । घटना पछी उपप्रधानमन्त्री श्रेष्ठले हाम्रोसेरोफेरो सँग कुरा गर्दै जनतालाई आफ्नो नैसार्गिक अघिकार प्रयोग गर्न बाट कसैले रोक्न नसक्ने बताउदै सानातिना डर देखाउदैमा लोकतन्त्र सम्रक्षण गर्न बाट नेपाली काङ्रेश पछी नहट्ट्ने बताउनु भयो । जनता नेपाली काङ्रेशको पक्षमा रहेको बताउनु भयो । नेता श्रेष्ठ नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत हुन् ।

प्रतिक्रिया दिनुहोस