झुटको खेती गरेर कम्युनिस्टहरु जनतालाई गरीबीबाट मुक्त हुन नदिने खेलखेल्दै छन् – उपप्रधानमन्त्री श्रेष्ठ

0
40

नेपाली कांग्रेसका नेता एबम उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले कम्युनिष्टहरुले जनतालाई गरिबीको दुश्चक्रमा राखेर शासन गर्न भ्रमको खेती गरेको बताउनु भएको छ । स्याङ्जा क्षेत्र न २ को भिरकोट नगरपालिका ८ र ९ का जनता सँग मत माग्ने र जनताको गुनासो सुन्ने क्रममा नेता श्रेष्ठले कांग्रेसले गरिब जनतालाई सबै स्वतन्त्रता दिई धनी बनाउने भएकोले २१ गते हुने निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वारहरुलाई रुख चिन्हमा छाप लगाएर अत्यधिक मतले विजयी बनाउन आग्रह गर्नु भएको छ।

नेता श्रेष्ठले देशलाई आसन्न दुर्घटनाबाट रोक्न नेपाली कांग्रेस र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई अत्यधिक मतले विजयी बनाउन पनि आग्रह गर्दै कम्युनिष्ट गठबन्धनका नेताहरुले एकपटक जनादेश लिएर ५० बर्ष शासन गर्ने जुन ढोल पिटेका त्यसले नेपाली जनताले ७० बर्ष संघर्ष गरेर ल्याएको लोकतन्त्र, लोकतान्त्रिक संविधान र जनताको भावनामाथि नै कुठाराघात गर्न खोजेको बताउनु भयो । स्याङ्जा जिल्ला नेपाली काङ्रेश सभापति एबम प्रदेशसभा सदस्य उमेदवार कमल पङेनीले निर्वाचनबाट अधिनायकवादी हावी भएभने नेपालबाट लोकतन्त्र पनि जानेछ साथमा शान्ति,विकास र समृद्धिको सपना पनि अधुरो रहनेछ, जनताले अहिले उपभोग गरिराखेको अधिकारकालागि फेरि आन्दोलन गर्नपर्नेछ भन्दै लोकतन्त्र जोगाउन काङ्रेशका लागि रुख चिन्नमा मतदान गर्न जनतालाई सचेत गराउनु भयो ।

नेता पङेनीले नेपाली कांग्रेसले जनताले चाहेजस्तो संविधान ल्याइसकेको हुनाले कांग्रेसले जितेपछि राजनीतिक अस्थिरता नहुने साथै सरकार र संघीय तथा प्रादेशिक संसद सहित स्थानीय तह एकसाथ विकास निर्माणमा जुटदा देशको विकास तीव्र गतिमा भएर विकासका माध्यमबाट जनतालाई समृद्ध बनाउन सकिने पनि दावी गरे । नेपाली काङ्रेश स्याङ्जाले चुनाबी अभियानलाई तिब्रता दिएको छ।

प्रतिक्रिया दिनुहोस