चन्द्रागिरीका महिला जागे काँग्रेस जिताउन

0
52

काठमाडौं क्षेत्र न ९ का उमेदवार जिताउन चन्द्रागिरी नगरपालिकाका महिलाहरु चुनावी परिचालन समिती बनाई चुनावी मैदानमा हुमिएका छन् । त्यही अनुसार आज चन्द्रागिरी नगरपालिका वडा न १५को वडा स्तरिय महिला भेला सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल महिला संघ कि केन्द्रिय सदस्य गोमा देबी गुरुङले प्रजातन्त्र ल्याउन महिलाको योगदानको चर्चा गर्दै अब प्रजातन्त्र जोगाउने जिम्बेवारी पनि नेपाली महिलाको काधमा आएको भन्दै रुख चिन्नमा मतदान गरी काङ्रेश जिताई प्रजातन्त्र जोगाउन अपिल गर्नु भयो । त्यस्तै कार्यक्रममा महिला संघ महाधिबेसन प्रतिनिधि रिता दवाडीले नेपाली काँग्रेस मात्रै देशको भलो चाहने पार्टी भएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै महिला संघ क्षेत्र न ९ सभापति काल्याणी खड्का ले २००७ सालमा प्रजान्त्र ल्याउन मंगलादेवी सिंह श्रेष्ठ जागरुक भए जस्तै आहिले हामीले पनि प्रजातन्त्रको रक्षा गर्ने बेला आएको भन्दै सुतेर बस्न नहुने भन्दै महिलाहरु जागरुक हुन आवहाँन गर्नु भयो । कार्यक्रममा महिला संघ क्षेत्र न ९ उपसभापती रमेस्वरी सेढाई, चन्द्रागिरी नगरपालिका नेपाली काँग्रेस १५वडा  सभापती हरी कार्की , चन्द्रागिरी नगरकी महिला नेत्री बिनु बश्नेत, लगाएतले आफ्नो धारणा राखेका थिए। कार्यक्रम वडा सभापति जानुका रावतको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको शहजीकरण इन्दिरा खड्काले गर्नु भएको थियो ।


नेपाली काँग्रेसले आफ्ना भात्री संघठनलाई जागरुक बनाउदै चुनावको प्रचारमा होमिन निर्देशन दिएको छ । सोही अनुसार चन्द्रागिरी नगरपालिकामा महिला काङ्रेशको पक्षमा जनता जगाउन लागि परेको हो ।

प्रतिक्रिया दिनुहोस