काँग्रेस जनताको मन-मनमा छ : प्रधानमन्त्री देउवा

0
35

बामगठबन्धनले मुलुकलाई अधिनायकवाद तर्फ धकेल्न खोजेको बताउदै प्रधानमन्त्री देउवाले काँग्रेसले कहिल्यै नेपाली जनतालाई दुःख नदिएको, हत्या हिंसा नगरेको पार्टी भएको बताएका छन् । स्याङ्जा सदरमुकाम पुतलीबजार र वालिङ नगरपालिकाको खेलमैदानमा चुनावी आमसभालाई प्रधानमन्त्री देउवाले सम्वोधन गर्दै सो कुरा बताएकाहुन् । चुनावी आमसभामा सम्वोधन गर्दै प्रधानमन्त्री तथा पाटी सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक शासन पद्धतीको एक मात्रा पाटी नेपाली काँग्रेस मात्रै भएको बताउदै काँग्रेस जनताको मन-मनमा बसेका कारण देशमा प्रजातन्त्रको हत्या गर्ने हिम्मत कसैको नभएको बताएका छन् । मूलुकको हरेक परिवर्तनको वागडोर सम्हालेको पार्टी नेपाली काँग्रेस नेपाली जनताको साझा पाटी भएको प्रधानमन्त्री देउवाको भनाई थियो ।

बामगठबन्धले मात्रै मुलुक बनाउने भन्दै हिड्ने एमाले अध्यक्ष र माओवादी अध्यक्ष प्रति लक्षीत गर्दै देउवाले समृद्धको नारा थाहा नपाएका गठबन्धनले कसरी मुलुकलाई समृद्ध बनाउन सक्छन् भनेर प्रश्न गरे । स्वदेशी र विदेशी लगानी नल्याए सम्म मुलुक समृद्ध बन्न नसक्ने र कम्युनिष्ट शासन आएमा बैदेशिक लगानी नआउने उनले भने । सोही चुनावी सभामा काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अव लोकतन्त्रको ढोका बन्द गर्ने सपना नदेख्न बामगठबन्धलाई चेतावनी दिए । अव विकासको ढोका खुलेको छ मुलुकमा प्रजातन्त्र आएपछि विकासको ढोका खुल्यो भन्यौ पौडेलले भने,“नेपालका कम्युनिष्ट पार्टीले बेला बेलामा आतंक, हिंसात्मक गतिविधि र वितण्डा मच्चाएकाले विकासको गति हुन सकेन ।”नेपाल सरकारका उपप्रधानमन्त्री तथा स्याङ्जा क्षेत्र नं. २ का प्रतिनिधि सभा उमेदवार गोपालमान श्रेष्ठले स्याङ्जाको विकास सगै समृद्ध बनाउन आफ्नो उमेदवारी रहेको बताए । हरेक विकासको शुरुवात काँग्रेस बाटै शुरु भएको बताउदै नेता श्रेष्ठले मुलुकको भविष्य काँग्रेसकै हातमा रहेको दावी गरे । निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले नेपालका कम्युनिष्ट पार्टीले संविधान उल्टाउनेखेलमा रहेको बताए । नेपालमा कम्युनिष्ट शासन आउने सपना नदेख्न खाँणले चुनौती दिए । देश काँग्रेसमय र लोकतान्त्रिक शक्तिमय भएको भन्दै यो निर्वाचनमा लोकतान्त्रिक शक्तिको विजयी भइसकेको बताए ।

स्याङ्जा सदरमुकाममा भएको आमसभामा स्याङ्जा क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य उम्मेद्वार तथा निवर्तमान सांसद राजु थापाले कम्युनिष्टहरुले पटक–पटक जनता झुक्काएकाले यसपटक भने जनतालाई नझुक्किन आग्रह गरे । कार्यक्रममा स्याङजा क्षेत्र नं १ (ख) का उम्मेद्वार तुलसी गिरीले पनि आफू र आफ्नो पार्टी बिकासप्रेमी रहेकाले रुखमा भोट हाल्न आग्रह गरे । कार्यक्रममा स्याङ्जा फेदिखाेलाका ७० वर्षका दुर्गा कामी पुतलीबजार नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रबिन थापासहित पाच सयभन्दा बढि युवा तथा अन्य दलका नेता कार्यकर्ता बाम गठबन्धन (एमाले र माअाेबादि) त्यागेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। ७० वर्षीय कामी र वडा अध्यक्ष रबिन थापासहितका आकांक्षीलाई स्याङ्जा क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य उम्मेद्वार राजु थापा लगायतका नेताहरूले पार्टी प्रवेश गराएका हुन्। ७० वर्षीय कामीले हालसालै मात्र एसईई परीक्षा उर्तिण गरेका थिए।

वालिङमा भएको चुनावी सभामा स्याङ्जाका सभापति तथा स्याङ्जा क्षेत्र नं. १ प्रदेशसभा २ का उमेदवार कमलप्रसाद पंगेनी, प्रतिनिधि सभाका समानुपातिक उमेदवार मोहोनप्रसाद पाण्डे, प्रदेश २ क का प्रत्यक्ष उमेदवार बिद्यार्थी नेता विष्णुप्रसाद पौडेल, २ ख का युवा नेता तरुण दल जिल्ला अध्यक्ष भागवतप्रकाश मल्ल, समानुपातिक उमेद्वार सरस्वती अर्याल तिवारी, माया राना, लिल वहादुर रनपाल, क्षेत्रिय सभापति अर्जुनप्रकाश अर्याल लगायतले मन्तब्य राखे ।

प्रतिक्रिया दिनुहोस