कम्युनिस्टले बहुमत ल्याए कहिल्लाई चुनाव नै हुँदैन: प्रधानमन्त्री देउवा

0
11

प्रधानमन्त्री तथा नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले आसन्न चुनावमा जनताले कम्युनिस्टहरुलाई बहमुत ल्याउन दिए फेरि नेपालमा चुनाव नै ठोकुवा गर्नु भयो। यो चुनाव संसदीय व्यवस्थासहितको लोकतन्त्र कि एकदलीय व्यवस्थाको तानाशाही शासन ? भन्ने जनमत संग्रह नै भएको भन्दै प्रधानमन्त्री देउवाले काँग्रेसले हारे लोकतन्त्रले हार्ने र देशमा एकदलीय तानाशाही व्यवस्था आउने बताउनुभयो ।

सोमबार तेह्रथुमको म्याङ्लुङमा आयोजित नेपाली काग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भन्नु भयो ,लोकतन्त्रमा नागरिकले स्वतन्त्रतापूर्वक बाँच्न पाउने, लेख्न पाउने, बोल्न पाउने, फरक विचार राखेर आन्दोलन गर्न पाउने अधिकार राख्छन्, तर कम्युनिस्टको साम्यवादी शासनमा नागरिकले स्वतन्त्ररुपमा हिँडडुल समेत गर्न पाउँदैनन्’ । नेपाली काँग्रेसबाहेक बहुदलीय प्रजातन्त्रमा विश्वास गर्ने कुनै पनि प्रजातान्त्रिक पार्टी छैन, प्रधानमन्त्री देउवाले दाबी गर्दै नेपाली काँग्रेसले हार्दा प्रजातन्त्र हार्छ, त्यसैले यो चुनाव जित्न आवश्यक छ भन्नु भयो ।

काँग्रेस वरिष्ठ नेता पौडेलले बहुदल भन्ने तर मुलुकमा एकदलिएता लागू गर्न खाज्ने कम्युनिस्टहरुसँग अब नेपाली जनता नझुक्किने धारणा राख्नुभयो । उहाँले संसदीय प्रणालीले विश्वका युरोप, जापान, भारतलगायतका मुलुकको विकास सम्भव भएको भन्दै यो व्यवस्थालाई रोज्न जनतालाई आग्रह गर्नुभयो । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री एवं तेह्रथुमबाट प्रतिनिधिसभाकी उम्मेदवार सीता गुरुङले अढाइ दशकसम्म जिल्लाको ताला चाँबी वामपन्थीको हातमा परेकाले विकास निर्माणमा पछि परेको बताउनुभएको छ।

कार्यक्रममा नेपाली काँंग्रेसका महासमिति सदस्य तुलसी सुब्बा, पूर्वसांसद गणेश विमली, प्रदेश सभा (ख) क्षेत्रका उम्मेदवार विजय सम्बाहाम्फे लगायतले बोलेका थिए । आमसभा नेपाली काँग्रेस तेह्रथुमका सभापति तथा प्रदेशसभा (क) क्षेत्रका उम्मेदवार गोविन्द ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस