कांग्रेस र राप्रपाको सहकार्य लोकतन्त्र, राष्ट्रियता र समृद्धिका लागि

0
17

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष एबम् उपप्रधानमन्त्री कमल थापाले वाम गठबन्धनका नाममा मुलुकलाई एक दलीय तानाशाही व्यवस्थामा लैजाने षडयन्त्र भएको बताएका छन् । थापाले अगाडि भने “प्रजातन्त्र प्रतिको प्रतिबद्धता, संविधान प्रतिको निष्ठा र राष्ट्रियताको संरक्षणको सवालमा दुई पार्टी अहिले एक ठाउँमा आएर चुनावी गठबन्धन बनाएको हो ।”उनले भने– यो आगामी दिनमा नेपालमा कुन शासन प्रणाली राख्ने भन्ने निर्वाचन हो । उपप्रधानमन्त्री थापाले आसन्न निर्वाचन लोकतान्त्रिक पक्षधर शक्ति तथा कम्युनिष्ट गठबन्धन मध्ये कसलाई छान्ने भन्ने चुनाव भएको बताए । विपि कोइरालाको राष्ट्रिय मेलमिलाप नीतिलाई स्मरण गर्दै लोकतन्त्र, राष्ट्रियता र समृद्धिका पक्षमा मतदान गर्न आग्रह गरे। अध्यक्ष थापाले कम्युनिष्ट गठबन्धनले आम नेपाली जनतामा संयत्र र त्रास बढाएको चर्चा गरे। उनले भने– कुनै पनि दल एकीकरण हुनु ठूलो कुरा होइन, तर संसदीय लोकतान्त्रिक पद्धति नै समाप्त पार्ने उद्देश्यले निर्माण भएको बाम गठबन्धन अस्वाभाविक र अप्रत्याशित छ ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले कार्यक्रममा सम्बोधन गर्दै बाम गठबन्धन नेपालको लोकतान्त्रिक राज्य प्रणाली, राष्ट्रियता र आर्थिक समृद्धिका लागि संकटक निर्माण गरेको दाबी गरे । एमालेका केपी ओली तथा माओवादीका प्रचण्डहरूले कहिले मधेसबाट हिमालका नेपालीको अपहेलना गरेका छन्, कहिले राजधानीको टुँडिखेल र पहाडका अग्ला टाकुराबाट मधेस र मधेसी जनतालाई तिरस्कार गरेका छन् भन्दै नेता खाँडले भने– वास्तवमा ओली र प्रचण्डहरूका कारण नेपालको राष्ट्रियता तथा अखण्डतामाथि नै आघात भइरहेको छ ।

उनले नेपाली कांग्रेससहितको लोकतान्त्रिक शक्तिहरूले हिमाल, पहाड र मधेसलाई जोडेर अविभाजित तथा अखण्ड नेपालको निर्माणका लागि निरन्तर प्रयास गरिरहेको बताउदै प्रजातन्त्र जोगाउन काङ्रेश सहीतको लोकतान्त्रिक गठबन्धनका उमेदवारलाई भोट दीई सम्रीद्धीको ढोका खोल्न आग्रह गरे । कार्यक्रममा क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डाक्टर आरजु राणा देउवा, क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सुनीलकुमार भण्डारी, प्रदेश सभा सदस्य उम्मेदवार हिरादत्त भट्ट लागयतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस