एमाले अध्यक्ष नै सुरक्षाकर्मीलाई धन्की दिदै   :विचार गर्नुस् ‘चुनावपछि कम्युनिष्ट सरकार आउँदैछ’

0
42

एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावपछि कम्यूनिष्ट सरकार बन्ने भएकाले कसैको उक्साहटमा नलागेर काम गर्न चुनौती दिएका छन् । एमाले–माओवादी केन्द्रको गठवन्धनले धनगढीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले सुरक्षाकर्मीतिर संकेत गर्दै धम्की भाषामा भने ‘ख्याल गर्नुहोला चुनाव पछि कम्यूनिष्टहरुको सरकार बन्दैछ । कुनै पार्टीलाई वुथमा गएर सहयोग गर्ने काम भए सैह्य हुदैन । सुरक्षा निकायले समान सुरक्षा दिनुपर्छ ।’

पूर्व प्रधानमन्त्री ओलीले कम्यूनिष्ट सरकार बने त्यस्ता सुरक्षाकर्मीलाई तह लगाउने बताए ।  अहिले पनि वुथ कब्जा हुन सक्ने भन्दै आफ्ना कार्यकर्तालाई आँखा नचिम्लेर वुथमा बस्न सचेत गराउदै गठवन्धनलाई भोट हालेर जिताउन आग्रह गरे । अधिकांश समय प्रधानमन्त्री देउवा र कैलाली क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फ उम्मेदवार आरजु देउवाको आलोचना गर्नमै खर्चेका एमाले अध्यक्ष ओलीले कटाक्ष गर्दै भने, ‘कसैले एक झोला पैशा बोकेर घर किन्दैमा कोही स्थानीय हुदैन ।’

ओलीले चार पटक प्रधानमन्त्री भएका शेर बहादुर देउवाले एउटा घोरेटो बाटोसम्म निर्माण गर्न नसेको आरोप लगाउदै उनले भने, ‘म एक पटक प्रधानमन्त्री हुदा तहल्का मच्चाउने गरी काम गरेको हुँ । देउवा जी ज्योतिषीको विश्वास गर्नुहुन्छ । हामी जनताको विश्वास गर्दर्छौ ।’

प्रतिक्रिया दिनुहोस