रसुवागढी नाका ७२ घण्टाका लागि बन्द

0
11

यही मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बिहिबारदेखि रसुवागढी नाका बन्द गरिएको छ । निर्वाचन सुरक्षाका सम्बन्धमा केरुङका अधिकारीसँग कुराकानी भई आजराति १२ बजेबाट ७२ घण्टाका लागि नाका पूर्णरुपमा बन्द गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी चोमन्द्र न्यौपानेले जानकारी दिए । बन्दका क्रममा दुवैतर्फबाट सवारी साधान र पैदलयात्रुसमेतलाई आवतजावतमा रोक लगाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस