पूर्वको राजनीतिमा लीला बोखिमको उदय

0
637

नेपाली राजनीतिमा महिला नेत्री त्यती सफल भएको उदाहरण कमै मात्रा छ तर नेपालको पुर्बी क्षेत्रमा नेपाली काङ्रेसको नयाँ तराको रुपमा लीला बोखिमालाई हेर्न थालइेको छ। राजनीतिक परिवारमा जन्मेकी लीला ताप्लेजुङमा जनताको पहिलो रोजाईमा पर्ने महिला हुनुहुन्छ । मुलुककै तेस्रो ठूलो जिल्लाको रुपमा रहेको ताप्लेजुङमा  यही मंसिर १० गते हुन गइरहेको निर्वाचनबाट   गैर नाफामुलक सस्थाहरु सन्चालन गरेर वार्षिक ५० बढी एकल तथा सिमाङ्कक्रित समुदायका ब्याक्तीहरुलाई प्रत्यक्ष रोजगारको श्रीजना गरिदिन सक्ने लीला बोखिमलाई अब आउने प्रेदेश सभामा बिजयी भएको हेर्न चाहेको बताउनुहुन्छ ताप्लेजुङकी डोमा शेर्पा , त्यस्तै सिमा लिङ्खिन भन्नु हुन्छ अहिलेको माग भनेको समाजमा काम गरेर देखाउन सक्ने ब्यक्तिको हो काम्युनिस्टहरुले खोक्रो र झुटा आश्वासन बढी रहेको बेलामा लीला बोखिम जस्तो समाजका लागि काम गरेर देखाउन सक्ने एकल महिलाले ताप्लेजुङ् बाट प्रतिनिधित्व गर्न पाउनु भनेको समग्र महिलाको सानको बिषय हो ।

छ महिनामा देश कायपलट गर्दिन्छु पनि जहाज गूडाईदिन्छु, सारा ताप्लेजुङमा तीन महिनामा बिजुली पुराइदिन्छु भनेर हावादारी गफको पछाडी लाग्ने कि साचिकै समाजमा काम गरिराखेको ब्यक्ती छान्ने जनताले बिबेक पुर्याउने समय आएको छ ।
महिला उध्यमसिलताको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल लीलाको बुवा प्रुब ब्रिटिश आर्मी हुन् भने नेपाली जनताको सेवामा लामो समय सम्म लागेका उदय लिङ्देनको रगतले यो माटोको लागि केही गर्छु भन्दा जनताले साथ दिनु पर्ने ताप्लेजुङका महिला हरुको आवाज छ ।
राजनीतिक परिवारमा जन्मे हुर्केकी लीला राजनीतिको माध्याम बाट समाज परिवर्तन गर्न सकिने बताउनु हुन्छ। हिजो केही न हुँदा त यहाँको महिलाको हकहितको लागि लड्ने लीलालाई तप्लेजुङका बासिन्दाले बिजयी गराई प्रदेश सभा सदस्य बनाएमा अझ महिलाको सामाजिक आर्थिक बिकासमा सहयोग पुग्ने बताउछन् । लीला बोखिमको काम र समाज प्रतिको लगाब देखेर बिपक्ष आत्तिएको देखिन्छ । लीला बोखिमको अगाडि झुटको खेती गर्न बिपछीलाई गार्हो भएको बिशेष श्रोतको दाबी छ । ताप्लेजुङ् मात्र होईन प्रदेश न १ मै लीला बोखिम एक उदाहरानीय ब्यक्तीको रुपमा नेपाली राजनीतिमा लीला बोखिमलाई हेर्ने गरिएको छ ।
लीला बोखिम किन ?
यस्तो छ बोखिमले काङ्रेशबाट समाजका लागि प्रस्तव गरेका एकीकृत सामाजिक सुरक्षा अवधारणाः-
कोखमा बच्चा रहेको बेलादेखि बच्चा जन्मेको १ हजार दिनसम्म आमा र शिशुको लागि पोषिलो खाना उपलव्ध गराउन पोषण कुपन उपलब्ध सरकारले गराउने ।
शैक्षिक संस्थामा आवास, खाना, छात्रवृत्ति, ससर्त नगद हस्तान्तरण र ल्यापटप साइकलजस्ता प्रोत्साहन पुरस्कार उपलब्ध गराउने ।
तरुणको सीप वृद्धिसँगै युवा स्वरोजगार एवं स्वरोजगार नभएका युवालाई बेरोजगार भत्ता उपलब्ध गराउने ।
अनिवार्य स्वास्थ्य बिमा साथसाथै कृषि, पशुधन दुर्घटना र बेरोजगारी सुरक्षा बिमाको व्यवस्था गर्ने ।
१०० थरी औषधि निःशुल्क र गम्भीर रोगको निःशुल्क स्वास्थ्य उपचार गर्ने ।
गरिबका लागि वर्षको कम्तीमा सय दिनको रोजगारको प्रत्याभूति ।
एकल महिला अपांग र सिमान्तकृत समुदायलगायतका लागि निःसर्त नगद हस्तान्तरण कार्यक्रम ।
दलित र पिछडिएका नागरिकका लागि ६० वर्षपछि, महिलाका लागि ६५ वर्षपछि र बाँकी सबैका लागि ७० वर्षपछि थप ज्येष्ठ नागरिक भत्ता र सेवाआश्रमको व्यवस्था ।
जीवनभर मात्र नभई जीवनको अन्त्यपछि हुने मृत्यु संस्कारमा पनि सम्मान खर्चस्वरूप १० हजार उपलब्ध गराउने ।

पाथिभरा माताको मन्दिरलाई अन्तराष्ट्रिय धार्मिक क्षेत्रको रुपमा बकसित गर्ने । 

यस कारण पनि ताप्लेजुङको बिकासका लागि यहाँका जनता लीला बोखिमको आवश्यकता रहेको बताउछन् ।

प्रतिक्रिया दिनुहोस