काँग्रेस जिताउन नेबिसंघ केन्द्रिय अध्यक्षको अपिल

0
23

आगामी मङ्सिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाली काँग्रेसलाई अत्याधिक बहुमतले बिजयी गराउन नेपाल बिद्यार्थी संघ केन्द्रिय अध्यक्ष एबम् काङ्रेश नेता नैन सिंह महरले सम्पूर्णमा अपिल गर्नु भएको छ । आज सामाजिक सन्जाल मार्फत एक भिडियो सार्वजनिक गर्दै लोकतन्त्रमा विश्वाश गर्ने सबै नेपाली जनतामा सो अपिल गर्नु भएको हो ।
नेपाली काँग्रेसको नेत्रित्त्वमा संबिधान जारी भएको र अब त्यसको सफल कार्यान्वयनमा रहेको हुँदा मुलुक प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मा होमिएको बेला कम्युनिस्ट गठबन्धनका कारण लोकतन्त्र खतरामा पर्न सक्ने सङ्केत देखिएको उक्त अपिलमा नेता महरले बताउनु भएको छ । जनताको मतलाई आधारभुत शक्ती मानेर लोकतन्त्रिक पद्द्तीमा बिश्वास गर्नेले मात्रै परिवर्तन गर्न सक्ने भएकाले आज सम्म नेपाली काङ्रेशले गरेको परिवर्तन स्मरण गर्दै लोकतन्त्र जोगाउन र सम्रिद्ध नेपाल निर्माण गर्न नेपाली काँग्रेसलाई जिताउन सबैमा अपिल गर्नु भएको छ। नेपाल बिद्यार्थी संघले काँग्रेस नै हो यसपाली भन्ने बिशेष अभियान लिएर देश भ्रमणमा होमिएको छ NAINSINGH MAHAR FINAL HD

http://www.hamroserofero.com/wp-content/uploads/2017/11/NAINSINGH-MAHAR-FINAL-HD.mov

 

 

प्रतिक्रिया दिनुहोस