अध्यादेश रोकेर राष्ट्रपती गैरजिम्बेवार बन्दै हुनुहुन्छ

0
24

डा गोविन्द केसीले चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरणमा ढिलाइ भएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । बिहीबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटार पुगी केसीले प्रधानमन्त्री देउवालाई छिटो राष्ट्रपतिबाट चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरणका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

उनका अनुसार केसीले प्रधानमन्त्रीसँग राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश प्रमाणीकरण गराउन पहल गर्न आग्रह गरेका थिए । डा केसीले आगामी सोमबारसम्म अध्यादेश प्रमाणीकरण नभए र काठमाडौं नेसनल मेडिकल कलेजलाई सिट दिन शिक्षा मन्त्रालयलले पठाएको पत्र फिर्ता नभए अनशन थाल्ने प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए ।

प्रधानमन्त्री देउवाले सर्वोच्च अदालतको आदेश खारेजका लागि तत्काल निवेदन पनि शिक्षा मन्त्रालयसँगै त्रिभुवन विश्ववद्यालयलाई निर्देशन दिएका छन् । सर्वोच्चले हालै मात्र काठमाडौं नेसनल मेडिकल कलेज खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । लगतै शिक्षा मन्त्रालयले सिट निर्धारण गर्न पत्र खेलेपछि डा. केसीले विरोध गर्दै आएका छन् । डा। केसीको टोलीले चिकित्सा शिक्षा अध्यादेश रोकिएमा पनि असन्तुष्टि जनाएको छ । सरकारले डा. केसीको माग अनुसार काठमाडौं उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न रोक लगाउने गरी अध्यादेश ल्याएको छ । तर, राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस