कांग्रेसको पक्षमा माहोल बनाउन महाकाली मेची अभियान सुरु

0
45

नेपाली कांग्रेस जनताको भावना बुझ्ने हेतुले नेपाल बिद्यार्थी संघले कांग्रेस नै हो,यस पाली भन्ने बिशेष अभियान शुरु गरेको छ । सुदुरपश्चीममा सुरु भएको बिशेष रणनीतीक प्रशिक्षण कार्यक्रममा कम्यूनिष्ट गठबन्धनको अधिनायकबाद लाद्ने सोच देखिएकोले लोकतन्त्रको पक्षमा मत मागेर कांग्रेसलाई जीताउन योगदान दिनु पर्ने नेवि संघ अध्यक्ष नैनसिंह महरले बताए ।

कंग्रेस नेतृ आरजु राणा देउवा, ने.वि. संघका केन्द्रीय अध्यक्ष नैनसिह महर, नेपाली जनसम्पर्क समितीका अध्यक्ष आनन्द बिष्ट, कैलाली जिल्ला पार्टी सभापति नारायण शाह, ने.वि. संघ केद्रिय उपाध्यक्ष पुष्प कुमार शाही लगायतले चुनाबमा सबै एकजुट भएर नेपाली काग्रेसलाई जिताउन आग्रह गरे । सुदुरपश्चिमका करिब १ हजार भन्दा बढी नेबिसङका विद्यार्थीहरु सहभागी भएको कार्यक्रममा काग्रेसले गरेका आज सम्मका ऐतिहासीक परिवर्तनका बारेमा प्रशिक्षण दिएका थिए ।

प्रदेश नं. ७ बाट शुरु भएको अभियान सात बटै प्रदेशमा आयोजनामा हुने र प्रदेश नं. १ को झापा हुदै ताप्लेजुङ्ग सम्म लाखौ युवा बिद्यार्थी कृयाशिल हुने कुरा ने.वि. संघले जनाएको छ । हरेक बुथ ५० युथ को अभियान र जनताजागरण कार्यक्रमको तयारी गरेर सबै ७५३ वटै पालिकाका प्रचार प्रसार तथा चुनाव परिचालन कमिटी गठन गरेर सबैको नाम कांग्रेसको केन्द्रिय निर्वाचन परिचालन समितिमा पठाउन ने.वि. संघ केन्द्रले जिल्ला जिल्लामा परिपत्र गरेको छ ।

प्रतिक्रिया दिनुहोस