कांग्रेसको आर्थिक उपसमितिको संयोजकमा विनोद चौधरी

0
29
Binod Chaudhary at his office in Kathmandu.

नेपाली कांग्रेसले उद्योगपति विनोद चौधरीलाई आर्थिक सम्बृद्धि र विकास समन्वय उपसमितिको संयोजक नियुक्त गरेको छ ।काग्रेसले आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावका लागि यो समिति बनाएको हो । निर्वाचन परिचालन समितिका संयोजक बालकृण खाँडले चौधरीलाई विकास समन्वय उपसमितिको संयोजक मनोनित गरेका हुन् । 

काँग्रेसको समानुपातिक तर्फको बन्दसूचीमा नाम समावेश भएका चौधरीलाई मंगलबार गठन गरिएको बालकृष्ण खाँण नेतृत्वको परिचालन समितिमा समावेश गरिएको थियो । यद्यपि सो उपसमितिमा को को सदस्य रहने भन्नेबारे भने केही उल्लेख गरिएको छैन ।   सो उपसिमितले आर्थिक समृद्दि र विकासको लागि काँग्रेसले गरेका कामहरुको बारेमा जानकारी दिने र अबको काँग्रेसको अभियानको बारेमा जानकारी दिने काँग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस