बाबुराम, साबुराम जो भए पनि जित्छु – नारायणकाजी

0
36

माओवादी केन्द्रका तर्फ बाट प्रतिनिधिसभा उम्मेदवार नारायणकाजी श्रेष्ठले आफ्ना प्रतिद्वन्द्वी डा. बाबुराम भट्टराईलाई बिचारबिनाका नेताको दर्जा दिएका छन् । आफूले गोरखा २ बाट चुनाव जित्नेमा शंका नगर्न श्रेष्ठले पत्रकारहरुलाई आग्रह गरे ।बाबुरामजीको कुनै बिचार र योजना पनि छ र ? बारपाकमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले भने, ‘उहाँको कुन समयको बिचार र योजनालाई मान्ने ?’

श्रेष्ठले भट्टराईमाथि कटाक्ष गरे, ‘माओवादीमा हुँदा, त्यहाँबाट निस्केर नयाँशक्ति गठन गर्दा, नयाँशक्तिको शक्ति निर्माण गर्न नसकेर संघीय समाजवादी फोरमसँग पार्टी एकता गरौं भन्दा, फोरमले अस्थिर बिचार भएकासँग एकता गर्दैनौं भनेर पछाडि हटेपछि उसैको चुनाव चिन्ह मशाल लिएर स्थानीय तह निर्वाचनमा सामेल हुँदा, एकीकृत कम्युनिस्ट पार्टी बनाउन म पनि आउँछु भन्दा, चार दिनमै निस्केर जाँदा या त्यसको चार दिनपछि कांग्रेससँग पुग्दा । कुनबेलाको बिचारलाई मान्ने ?

आफूले निर्वाचन जित्नेमा पत्रकारहरुले शंका गरिरहेको नारायणकाजीले प्रसंग कोट्याए । उनले भने, ‘बाबुरामजी प्रधानमन्त्री पनि हुनुभएको, नाम अलिकति चलेको पनि छ । ‘बाबुराम, साबुराम जोसुकै भए पनि जित्छु भनेर आएको हो म यहाँ । यसमा कुनै शंका गर्नुपर्दैन ।’ आफूसँग प्रष्ट बिचार हुनु नै चुनाव जित्ने बलियो आधार भएको श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस