प्याराग्लाईडिङ्क हब बन्दै स्याङ्जा

0
36

स्याङ्जाको वालिङ नगरपालिका स्थित मन्साङ्कोट प्याराग्लाईडिङ्को नयाँ गन्तव्यको रुपमा स्थाफित हुँदै छ ।यस अघी स्याङ्जाकै भीरकोट स्थित स्वरेक मैदान प्याराग्लाईडिङ् गन्तव्यको रुपमा स्थफित भईसक्दा वालिङको मन्साङ्कोट पनि प्याराग्लाईडिङ्को गन्तव्यको रुपमा भेटिएको हो । कात्र्तिक १५ गतेदेखि शुरु भएको प्यारासुट पाईलट छनोट प्रतियोगिता आज सकिदैछ । प्रतियोगिता सगै स्याङ्जाका विभिन्न ठाँउबाट प्याराग्लाईडिङ् उड्न सकिने गन्तव्य पनि खोजी भईरहेको छ । २०१८ मा इन्डोनेसियामा हुने प्यारासुट ओलम्पीक खेलका लागि पाईलट छनोट प्रतियोगिता स्याङ्जाको भीरकोट र वालिङको यही क्षेत्रमा भईरहेको छ ।

प्याराग्लाईडिङ्को नयाँ गन्तव्यको रुपमा भेटिएको मन्साङ्कोट एडभेन्चरका लागि अझै उपयुक्त रहेको पाईेएको छ । स्याङ्जा प्याराग्लाईडिङ्क एडभेन्चर र उडानमा मुलुककै हवका रुपमा रहेकोछ । यसलाई विकास गर्न सके प्याराग्लाईडिङ् क्षेत्रको बिकास गर्न सके स्याङ्जा प्याराग्लाईडिङ्को हब हुने छ । प्रतियोगितालाई ध्यानमा राखेर उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले भ्रमण गरेका छन्न भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले यस क्षेत्रलाई उच्च प्राथमिकताका साथ पर्यटकिय क्षेत्रको रुपमा बिकास बताएका छन्न ।

स्वरेक मैदानबाट धेरै उचाई सम्म पुग्न सकिने र मन्साङ्कोटबाट उडेको थोरै समयमै उचाईमा सजिलै पुग्न सजिलो छ । स्याङ्जा पर्यटकीय, सांस्कृतिक र प्राकृतिक शौन्दर्यले भरिएको जिल्ला हो । प्राकृर्तिक छटा सगै यहाँका लोकसंस्कृति र पर्यटक लोभ्याउने भिरपाखा रहेको जिल्ला पछिल्लो समय प्यारासुटको लागि गन्तव्य बन्दै छ । प्याराग्लाईडिङ्को गन्तव्यले स्याङ्जामा अर्को पर्यटकीय भुमिका रुपमा परिचित गर्ने जिल्ला बन्दै छ । यसका लागि जनप्रतिनिधिहरुको चासो कस्तो रहने छ यो भने हेर्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस