कालिकोटमा नयाँ शक्ति नेपालको काँग्रेसलाई समर्थन

0
36

कालिकोटमा नयाँ शक्ति नेपालले आगामी मंसिर १० गते हुने प्रदेश र केन्द्रको निर्वाचनमा काँग्रेसलाई समर्थन गर्ने भएको छ ।  प्रतिनिधि सभा सदस्यका उम्मेद्ववार नेपाल तरुण दलका महासचिव एवम् काँग्रेस यूवा नेता भूपेन्द्रजंग शाहीले कालिकोटमा नयाँ शक्ति नेपालले समर्थन गरेसँगै लोकतान्त्रिक पक्ष बलियो बनेको बताएका छन् ।

तरुण महासचिव शाहीका अनुसार कालिकोटका जनताले पार्टी भन्दा काम गरेको व्यक्तिलाई भोट दिने छन । कालिकोटका जनता आफुलाई योग्य प्रमाणित गर्ने अवसरलाई पर्खेका छन् । त्यो दिन मंसिर १० नै हो, सुन्दर कालिकोटलाई सम्मृद्ध बनाउँने कामममा युवाको कुनै पनि भूमिकामा राप्रपा, राप्रपा ‘प्रजातान्त्रिक’ लगायत दलहरुले यहाँ भन्दा पहिले नै काँग्रेसलाई समर्थन गरि सकेका छन् । हिजो मात्रै नयाँ शक्ति नेपाल कालिकोटले उम्मेद्वार फिर्ता लिएको छ ।

प्रतिक्रिया दिनुहोस