महन्थ ठाकुरलाई महोत्तरी ३ मा कांग्रेसको समर्थनहुने

0
36

नेपाली कांग्रेसले राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको छ । दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महोत्तरी जिल्लाको क्षेत्र नं ३ बाट प्रतिनिधिसभाको निर्वाचनका उम्मेदवार बनेका ठाकुरलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको श्रोतले जनाएको छ । कांग्रेसले आफ्ना उम्मेदवार बजरंग नेपालीलार्इ उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । ठाकुर महोत्तरी  जिल्लाको साविक एकरहिया गाविस र हाल पिपरा बासिन्दा हुन् ।   

उम्मेदवारी फिर्ताप्रति कांग्रेस कार्यकर्ता भने रुष्ट छन् । उम्मेदवार बजरंग स्वयंमले उम्मेदवारी फिर्ता कांग्रेस र महोत्तरीको हितमा नभएको बताएका छन् । कांग्रेसले प्रदेश २ मा राजपा-फोरमसँग चुनावी तालमेलको प्रयास गरेको थियो । तर, धनुषा ३ मा कांग्रेसका विमलेन्द्र निधि र राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो भिडने भएपछि तालमेल प्रयास असफल भयो ।

प्रतिक्रिया दिनुहोस