घर हाम्रो लेकैमाको म्युजिक भिडियो दमदार सार्वजनिक, गायक श्रेष्ठको माग बढ्यो

0
122

के इन्जिनियरले गीत गाएर समाज स्थापित हुन सक्छन् ? एक समय ताप्लेजुङ्मा भएको संगीतिक कार्यक्रममा इन्जिनियर बिरेन्द्र श्रेष्ठले आफ्नो प्रस्तुती दिदै गर्दा कार्यक्रममा आएका दर्शकले सँगै रहेका साथी सँग खासखुस गर्दै इन्जिनियरले कस्तो पो गीत गाउला भन्नेले जव बिरेन्द्र श्रेष्ठको प्रस्तुती देखेपछी चकित हुँदै प्रशम्सा गर्न आतुर भएको हामीले देखेकै हो । दिन फेरिए गायक अब इन्जिनियर मात्र रहेनन् परिचय फेरियो स्थापित गायक भईसकेका बिरेन्द्र श्रेष्ठले यस्ता प्रश्न गर्ने जमातलाई दर्हो झड्का दिएका छन् ।एक दर्जन जती गीत बजारमा ल्याई सकेका पेसाले इन्जिनियर बिरेन्द्र श्रेष्ठको नयाँ गीत “घर हाम्रो लेकैमा” को म्युजिक भिडियो सार्वजनिक भएको छ । ताप्लेजुङ र पाँचथरको कावेली नदीको वारी पारी का सुन्दर प्राकृतिक छटाले भरिएको क्षेत्रमा छायान्कन गरिएको भिडियोमा दीपक शर्माको शब्द संगीत रहेको छ भने गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन । गायक श्रेष्ठ पछिल्लो समय आफ्नो इन्जिनियर पेशा सँगसंगै गीत संगीतमा पनि व्यस्त देखिन्छ्न । मन योन्जनको निर्देशनमा बनेको उक्त भिडियोलाई देवराज सिग्देल छायाङ्कन गरेका हुन भने हेमन योन्जनको सम्पादन गरेको छ । भिडियोमा संचारकर्मी दिनेश लिङ्खिम र द्रिप्ती तामाङको अभिनय देख्न सकिने छ 

प्रतिक्रिया दिनुहोस