नेका प्रवक्तामा गगन थापा

0
69

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले आज पार्टी प्रवक्ता मनोनयन गरेका छन्।  लामो समयदेखि रिक्त रहेको प्रवक्तामा सभापति देउवाले काँग्रेस नेता तथा पूर्वमन्त्री गगन थापालाई मनोनयन गरेका हुन्।  केहि दिन अघी मात्र अबको केही समयमा केन्द्रिय समितिले पूर्णता पाउने बताएका सभापति देउवाले आज थापालाई मनोनित गरेका हुन् । सभापति देउवाको प्रस्तावका बिषयमा थापाले काठमाडौंको एक कार्यक्रममा पार्टी प्रवक्ताको बिषयमा आफ्नो धारणा ब्यक्त गरेका थिए । सभापति देउवाको प्रस्तावलाई सकारात्मक रुपमा लिएका थापाले बिहिवार प्रवक्ताको जिम्मेवारी लिएका हुन्। 

पार्टीको महाधिवेशनमा कृष्ण सिटौला समुहबाट महामन्त्रीमा प्रत्यासी भएका थापा त्यसयता सभापति देउवाले केन्द्रीय समितिमा मनोनयन गरेका थिए। थापा अघी नेपाली काँग्रेसको प्रवक्तामा दिलेन्द्र वडु थिए। त्यसयता भने प्रवक्ता नियुक्त भएको थिएन। 

प्रतिक्रिया दिनुहोस