छठको रौनक सुरु

0
27

आराध्यदेव सुर्यको आराधना गरी मनाईने छठ पर्व आजदेखी शुद्धता, सद्भाव,श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । आज अस्ताउदै गरेको सुर्यलाई अर्घ दीई सुरु हुने यस पर्व ब्रतालुहरु उपवास र रातभर जाग्राम बसी भोली उदाउदै गरेको सुर्यको आराधाना गर्दै अर्घ दिए पछी सकिन्छ । सोही अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार छठ पूजामा सहभागी हुने भएकी छन् । राष्ट्रपति भण्डारी राजधानीको कमलपाेखरीमा आयोजना गरिएको छठ पूजा समारोहमा सहभागी हुन लागेकी हुन् । छठ पर्व समारोहमा सहभागी भएर राष्ट्रपति भण्डारीले साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिने कार्यक्रम छ । त्यसैगरी, उपराष्ट्रपति नन्दबहादुर पुनलाई हाँडीगाउँस्थित गहनापोखरीमा आयोजना गरिएको छठ पूजा समारोहमा निम्तो दिइएको छ । छठ पूजा आयोजक समिती गौरीघाटका सचिव नवल किशोर यादवका अनुसार काठमाडौं उपत्यकामा छठ पूजाको तयारी भएको छ ।

तस्बिर: सामाजिक सन्जाल

उता जनकपुरको वर्णित सरोवर गंगासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रूकमिणी सर, अरगजा, महाराजसागर र अग्निकुण्डलगायत कुण्ड, पोखरी, तलाउमा यो पर्व गएरातिदेखि नै हर्षोल्लासका साथ मनाइरहेका छन् ।

राति खरना सम्पन्न भएदेखि नै श्रद्धालु जलाशयमा बनाइएको घाटमा पूजा सामग्री राखी छठपर्वको भक्तिमय वातारवणको अनुभूति गराइरहेका छन् । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वमा व्रतालुले बेलुकी कुण्ड, पोखरी र तलाउमा उभि दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अर्घ दिई पूजापाठ गर्ने छन् ।यसैगरी छठ पर्वका अवसरमा उपयोग गरिने नरिवल, उखु, मुला, कागती, सुन्तला, सख्खरका साथै बाँसबाट बनेको नाङलो, कोनियाँ र माटोको भाँडाकुडा लगायत समानको कारोबारमा वृद्धि भएको छ ।

सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वासअनुरुप पारस्परिक आत्मीयता र सद्भावका प्रतीक यो पर्व मनाइन्छ । यस पर्वमा धनी, गरिब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ । यस पर्वको अवसरमा चमार जातिले ढोल बजाउने, मालीले फूल, बरईले पानको पात, कुम्हारले माटोको भाँडा, डोमले बाँसका सामग्री पु¥याउने गरेका कारण पनि यो पर्वमा श्रम विभाजनको अत्यन्त वैज्ञानिक रूप दृष्टिगोचर हुन्छ । 

<

p style=”text-align: justify;”>यस पर्वमा बाँसको सामग्रीमा अर्घ दिएपछि वंशवृद्धि, केरामा भगवान् विष्णुको बास, ठकुवामा समृद्धि र मौसमी फल प्रकृतिप्रति कृतज्ञताको द्योतक भएको मान्यता पनि पाइन्छ । छठपर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यसमेत रहेको छ । वैज्ञानिक, ज्योतिष तथा चिकित्सकले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन्, ऋगवेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राख्दै पनि श्रद्धालुले यो पर्वमा पूजाअर्चना गरी मनोवाञ्छित फल प्राप्त हुने विश्वास पाइन्छ ।

प्रतिक्रिया दिनुहोस