उपप्रधानमन्त्री मकवानपुर बाट चुनाव लड्ने

0
25
gjlgo'Qm pkk|wfg Pjd k//fi6«dGqL sdn yfkf kbef/u|x0f kl5 sd{rf/Lx?nfO{ lgb]{zg lbg'x'Fb} . tl:a/ M gf/fo0fk|;fb Gof}kfg], /f;; .

उपप्रधानमन्त्री कमल थापा आसन्न प्रतिनिधि थापासभाको चुनावमा मकावानपुरको क्षेत्र न १ बाट चुनवमा उठ्ने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठकले लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभाको दोस्रो चरणका लागि पाँच स्थानमा उम्मेदवारको टुंगो लगाएको हो । मकवानपुर-१ मा पार्टी अध्यक्ष कमल थापा, पर्सा–१ मा उपाध्यक्ष राजीव पराजुली, झापा-३ मा महामन्त्री राजेन्द्र लिङ्देन, दैलेख-१ मा कुन्तीकुमारी शाही र काठमाडौँ-७ मा विक्रम थापाले प्रत्यक्षतर्फको उम्मेदवारी दिनुहुने उक्त पार्टीले जनाएको छ ।

आगामी मंसिर-२१ गते हुने निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धनले सो पार्टीलाई सात स्थान दिन तयार भएको र बाँकी दुई स्थानका लागि र उम्मेदवारको छनोट हुन बाँकी रहेको प्रवक्ता भुवन पाठकले जानकारी दिए । प्रदेशसभा निर्वाचनका लागि सोही गठबन्धनबाट पार्टीले हालसम्म धादिङ (ख) बाट सोनाम तामाङ, बैतडी (ख) बाट गणेश चन्द, म्याग्दी (क) बाट भीमप्रसाद गौचनलाई उम्मेदवारका रूपमा तय गरेको जनाइएको छ । पार्टीले मुलुकका सातवटै प्रदेशमा चुनावी सभासमेत गर्ने छ ।

प्रतिक्रिया दिनुहोस