नेविसंघको आयोजनामा राष्ट्रिय रणनीतिक प्रशिक्षण सम्पन्न

0
42

नेपाल विद्यार्थी संगठनको आयोजनामा राष्ट्रिय रणनीतिक प्रशिक्षण हिजो देखी सुरु भई आज सम्पन्न भएको छ । नेविसंघले आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसका उम्मेद्वारलाई जिताउनका लागि आफ्ना देशभरका नेता कार्यकर्तालाई २ दिने प्रशिक्षण दिएको हो । 

हिजो प्रधानमन्त्री तथा कांग्रेस सभापति शेर बहादुर देउवाले राजधनीमा कार्यक्रमको उद्घाटन गरेपछि ‘गाउँ ‘जाऔँ, नगर जाऔँ, जनता जगाऔँ, कांग्रेस जिताऔँ’ भन्ने नाराका साथ प्रशिक्षण सुरु भएको हो । देशभरबाट भेलामा भाग लिन राजधानी आएका नेवि संघका सयौँ नेता कार्यकर्तालाई काँग्रेस नेता प्रदीप गिरी, महेश आचार्य, धनराज गुरुङ, गगन थापा, प्रदीप पौडेल, विश्वप्रकाश शर्मा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णिम वाग्लेलगायतले प्रशिक्षण दिएका छन् । अध्यक्ष महरका अनुसार प्रशिक्षणले बिद्यार्थीलाई लोकतन्त्र प्रती आफ्नो जिम्मेवारी बोध गराएको छ । कार्यक्रम पछी अध्यक्ष महरले मिडिया सँग बोल्दै अब लोकतन्त्र जोगाउन नेपाल बिद्यार्थी संघका हरेक कार्यकर्ता ढाल बनेर उभिने बताए 

प्रतिक्रिया दिनुहोस